Political

जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

Nami News
आइतबार, पुस २५, २०७८

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे।

बलेफी गाउँपालिका-२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भनेको हो। 
     
सभामुख सापकोटाले भभने, “तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो। 

कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेको थियो।

सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेको थियो। सभामुख सापकोटाले बलेफी–३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेको थियो।
 



Published Date: 2022-01-09 09:42:00
Nepal Airlines
Comments
Nepal Telecommunication Authority