Entertainment

हट एण्ड बोल्ड सिन दिन तयार : माेडल अधिकारी

Nami News
शनिबार, माघ १, २०७८

काठमाडौँ । मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भब नै छ। अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ। 

नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन। 

राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपनासंग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो। 

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ। 

त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल हुन् खुशी अधिकारी अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागी परेकी छिन् र त्यसैअनुरुप मेहनत पनि गरिरहेकी छिन्। 

मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल खुशी अधिकारीले दर्जनौ म्युजिक भिडियो, टेलिसिरियल र सर्ट मुभिमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन्। हट एण्ड बोल्ड सिन दिन समेत तयार उनी जस्तोसुकै परिस्थितिमा पनि चर्चित र लोकप्रिय हुन चाहन्छिन्। 

अभिनयमा पोख्त अनि सुन्दरता नै मोडल खुशी अधिकारीको आकर्षणको केन्द्रविन्दु हो। उनी मेहनतका साथ अभिनय र कलाकारितालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन्। 

मोरङमा जन्मेर हुर्केकी माेडल अधिकारी हेर्दा पनि आकर्षित हँसिली, रशिली, जाेशिली र शालीन स्वभाबकी छिन्। उनी भन्छिन् ,"यदि चलचित्र, सर्ट फिल्म, म्युजिक भिडियोहरुमा अफर आएमा आफू अभिनय गर्न पनि तयार छु।"  

सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने खुशी अभिनयमा पनि आफूलाई कलाकारिताक्षेत्रमा अब्बल दर्जामा राख्न प्रयाशरत छिन। 

"अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु।" मोडल खुशी भन्छिन् "मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो। एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडी बढिरहेकी छु।" 



Published Date: 2022-01-15 11:23:00
Nepal Airlines
Comments
Nepal Telecommunication Authority