Entertainment

ईशा र नवराजको अभिनयमा "तिमी र म घुम्न जाउँ" म्युजिक भिडियो सार्वजनिक

Nami News
शनिबार, माघ १, २०७८

काठमाडौं  । अत्यन्तै लोकप्रिय गायिका ईशा कार्कीको आवाजमा नयाँ नेपाली गीत "तिमी र म घुम्न जाउँ" म्युजिक भिडियो सार्वजनिक भएको छ। 

सुमधुर आवाजकी धनी लोकप्रिय गायिका ईशा कार्कीको आवाजमा दर्जनौ कर्णप्रिय गीतहरु नेपाली सांगीतिक बजारमा यसअघि नै आइसकेका छन्। 

"तिमी र म घुम्न जाउँ" भिडियोमा अमेरिकामै बस्दै आएका लोकप्रिय नायक नवराज श्रेष्ठ र गायिका इशा कार्कीलाई  फिचर्ड गरिएको छ भने अन्य कलाकारहरुमा इरिना ठकुरी, रञ्जु पाण्डे, अमृतजंग कुँवर, रेशमलाल गौतम, जेम्स र पुरुशोतमले अभिनय गरेका छन्।  

विश्वकाे वैभवशाली राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यमा बसेर पनि नेपाली गीत संगीत, कला संस्कृति र साहित्यलाई अगाध माया गर्ने गायिका कार्की दर्शक श्रोतामाझ समेत उत्तिकै लोकप्रिय रहँदै आएकी छिन्। 

"तिमी र म घुम्न जाउँ" म्युजिक भिडियोलाई अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिसको वे एरिया र कोलोराडोमा अत्याधुनिक प्रविधिबाट छायांकन गरिएको हाे। जसमा निर्देशन नायक नवराज श्रेष्ठकाे रहेकाे छ भने परिकल्पना तथा छायांकन व्यबस्थापन अमृतजंग कुँवर हुन्। 

गीतको शब्दरचना, संगीत तथा स्वर स्वयम् गायिका ईशा कार्कीको नै हुन् भने उनलाई स्वरमा साथ दिएका छन् गायक साजन लामाले। त्यस्तैगरी छायांकन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ। 

"तिमी र म घुम्न जाउँ" म्युजिक भिडियोको निर्देशन नायक नवराज श्रेष्ठले गरेका हुन् भने परिकल्पना तथा छायांकन व्यबस्थापन अमृतजंग कुँवरले गरेका छन्। 

नेपाली चलचित्र तथा गीतसंगीतमा छुट्टै पहिचान बनाउन सफल नायक नवराज श्रेष्ठ सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय नवराज श्रेष्ठ नायक, निर्माता, ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष र नेपाल फिल्म सोसाइटी अमेरिकाका अध्यक्ष हुन्। 



Published Date: 2022-01-15 13:17:00
Nepal Airlines
Comments
Nepal Telecommunication Authority