Blog/Opinion

विकटताका विकासप्रेमी मायादेवी राना 

शनिबार, माघ १, २०७८

निक्कै कम बोल्ने, शालिन स्वभाव, भद्र व्यवहारका प्रतिक हुन् तनहुँ जिल्ला म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया देवी राना जसले विकास निर्माणको प्रशस्त कामहरु गरिसकेकी छन्। जननिर्वाचित भइसकेपछि यो साढे चार वर्षको अवधिमा विकासको कामहरु प्रशस्त मात्रामा भएको बताउँछिन् अध्यक्ष राना। 

भूकम्प जाँदा पैसाको अभावमा विकासका कामहरु हुन नसकेको अवस्था थियो। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार सबैलाई समेटेर अगाडि बढेको बताउँछिन्। भौगोलिक विकटताले गर्दा यहाँ विभिन्न किसिमका समस्याहरु भएको बताउँछिन्। बाढी, पहिरोबाट ग्रसित सर्वसाधारणको लागि तार जाली वितरण गरेका अवस्था छ। त्यसो त काभिड १९ को महानमारीले गर्दा पनि काममा धेरै वाधा परेको बताउँछिन्।

यद्यपि यो समस्या आफ्नो गाउँपालिकाको मात्र नभएर विश्वकै समस्या हो भन्न पनि पछि पर्दिनन् अध्यक्ष राना। स्वास्थ्यका पूर्वाधारहरु अस्पताल, सडक निर्माण, बाँध कुलो प्रशासन भवन, सभा हल, सिंचाई बनिरहेको अवस्था छ। बालबालिकाको लागि पनि विभिन्न किसिमका कामहरु गरेको बताउँछिन्। 

त्यसो त महिलाहरुको लागि पनि विभिन्न किसिमका तालिमहरुको व्यवस्था गरेको बताउँछिन्। अध्यक्षसंग सुत्केरी भनेर कार्यक्रम नै ल्याएको बताउँने राना यसको मुख्य उद्धेश्य भनेको कम्तिमा सबै सुत्केरी महिलाले स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउन भन्ने हो। यसमा विशेष गरी आफ्नो पालिकाभित्र रहेको स्वास्थ्य चौकीमा जाँच गर्ने र बच्चा जन्मेपछि ३ हजार रुपैयाँ दिने व्यवस्था गरिएको बताउँछिन्।

पालिकाभित्र एम्बुलेन्स निःशुल्क गरेको पनि बताउँछिन्। महिलाहरुको ईच्छा अनुसार र माग अनुसार पनि तालिम दिएको बताउँछिन्। आयआर्जनको तालिम होम स्टे को तालिम, नेतृत्व विकासको तालिम तथा कौशी खेती, सिलाई बुनाई जस्ता विभिन्न तालिमहरु दिएको बताउँछिन्।    

काम गर्दा विभिन्न किसिमका चुनौतीहरु आएको त छ तर ती सारा चुनौतीलाई अवसरको रुपमा लिएको बताउँदै नीति नियम अनुसार नै काम गरेको बताउँछिन्। तनहुँमा १० वटा तह रहेको छ, मन्त्रालयले स्वमूल्यांकन गर्दा म्याग्दे गाउँपालिका पहिलो नम्बरमा परेकोले आफूलाई काम गर्न अझ प्रेरणा मिलेको बताउँछिन्। 

महिला दिदीबहिनीहरुको लागि आयआर्जनको लागि लगानी गरेको पनि बताउँछिन्। स्थानिय बासिन्दाको साथ र सहयोग सधै पाएको र त्यही साथ र सहयोगले काम गर्न सजिलो भएको बताउँछिन्। 
 



Published Date: 2022-01-15 13:47:00
Nepal Airlines
Comments
Nepal Telecommunication Authority