Entertainment

वरिष्ठ पप गायक भीम तुलाधरको ‘दोष’ सार्वजनिक

Nami News
मंगलबार, जेठ १८, २०७८

काठमाडौं । नेपाली पप संगीतक्षेत्रका वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो गायक तुलाधरकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

‘दोष’ को म्यूजिक भिडियोलाई जुममार्फत भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट मानिने वरिष्ठ गायक ओमविक्रम विष्टले लोकार्पण गरेको हो। 

नेपालमै पहिलो पटक जुममार्फत भर्च्युअल कार्यक्रमबाट सार्बजनिक ‘दोष’ म्यूजिक भिडियोमा मोडल निरोज शाक्य र आराध्यलक्ष्मी खड्गीले खुबै सुन्दर निखारिएको अभिनय प्रस्तुत गरेका छन् ।

भिडियो लोकार्पण कार्यक्रम समारोहमा बोल्दै पप सम्राट विष्टले ‘दोष’ गीतको अडियोको साथमा म्यूजिक भिडियो समेत निकै उत्कृष्ट बनेको विचार प्रस्तुत गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । 

पप सम्राट विष्टले नेपाली पप संगीत क्षेत्रको स्तर कायम राखी राख्न तुलाधरको ठूलो योगदान रहेको विषयमाथि चर्चा गरेका थिए। 

गायक तुलाधरले आफूले निकै मेहनत लगाएर गीत बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताएका थिए । 

‘हाम्रै नेपालभित्र सुटिङका लागि थुप्रै राम्रा, मनमोहक स्थानहरु छन्। हामीले यस्तै आकर्षक, मनमोहक ठाउँहरु खोजी खोजी गीतको भिडियो तयार गर्यौं’, गायक तुलाधरले भने, ‘हामीले नेपालको प्रकृतीलाई चिन्न सक्नुपर्छ ।’

म्यूजिक भिडियोको परिकल्पनाकार तथा निर्देशन रवि सायमीले गरेका हुन् भने भवानी शिलाकारको छायाङ्कन तथा निर्देशनमा ड्रोन पाइलट प्रशन्न महर्जन रहेका छन् । 

वि.सं.२०४८ सालमा पहिलो पटक जिजिविषा एल्बममा प्रकाशन हुँदा भुपालमान सिंहले एरेञ्ज गरेको यस गीतलाई अहिले भुपेन्द्र बज्राचार्यले रिएरेञ्ज गरेका छन् ।

जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा गायक तथा गिटारिस्ट ज्योति घिमिरे, जेम्स प्रधान, सञ्जय श्रेष्ठले गीत निकै उत्कृष्ट प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । 

म्यूजिक भिडियोको संवादमा एक समय हिट्स एफएमका चर्चित आरजेहरु रवि श्रेष्ठ र रीता लिम्बुको साथमा भक्तपुर एफएमकी आरजे प्रतिना राई र चर्चित गायक जेम्स प्रधान समेतले आवाज दिएका छन् ।


 



Published Date: 2021-06-01 18:01:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell