Blog/Opinion

मैनबत्तीको कथा

Nami News
शुक्रबार, जेठ २१, २०७८

- मणिकुमार श्रेष्ठ सिजन

गाउँका सबै ठिटाहरु एक आपसमा कुरा गरिरहेको हुन्छन् । भदौको पारिलो घाममा मकैको थ्याप्लो पेटमा सकिन नपाउदै उनीहरुले कोदाको रोटी खाने उपेक्षा गरेका छन् । यसरी कोदाको रोटीसंगै गाउँमा नै दिदीहरुले पेवाको रुपमा बनाइएको तिनपाने पनि पिउने रहर जागेको छ सानेलाई । साने गाउँको सोझो ठिटो मध्ये एक थियो । उसको उक्साहटमा कोहीपनि केटाहरु लाग्दैन थियो । बरु अरुको उक्साहटमा उसले विभिन्न प्रकारका कामहरु गरिरहेको थियो । जुन कामले उसको परिवार र समाजलाई नै नराम्ररी असर पारेको थियो । यो समयमा उसको उमेरको हिसाबले कुरा गर्ने हो भने १२–१३ बर्षसम्म रहन गयो। त्यहाँदेखि उसले अरुको उक्साहटमा काम गर्न छाडेको पनि बर्षौ भइसकेको छ । केवल अहिले उ सरसल्लाह र छलफलबाट मात्र काम गर्ने गरेको छ। 

यसरी दिनहरु वित्दै गए रातहरु वित्दै गए महिना हुदै बर्ष अनि एक कोरी दुई कोरीको नजिक पुगेको छ उसको उमेर । उसले उमेरमा विभिन्न प्रकारका नराम्रा कामहरु गरेको थियो । साथी संगतीको कारणले गर्दा उसले यस प्रकारको काम गरेको थियो । उसको दिमाग सामन्यतः अरुको भन्दा अलिक बोधो किसिमको थियो । तर अलिक जिद्धी स्वभावको थियो उ । विहानीको लालीकिरण झै उसका जवानीको पनि प्वाख पलाएको थियो । उ पनि अरु साथीहरुको लह–लहैमा गाउँको खेताला गोठालो गर्ने गरेको थियो । यसरी उसले गरेको क्रियाकलापहरु गाउँमा निकै चर्चाको विषय बनेको थियो कहिले काही । उसले जिन्दगीमो कहिले पनि प्रथम हुने जमर्को गरेन किनकि उसलाई एक नम्बर खासै रुची पर्दैन थियो । 

उसले के भन्ने गर्दथ्यो भने कि त शून्यलिन कि त दुई अंकको नम्बर लिनु भन्ने थियो । सायद पुर्खाको नासो हुन सक्छ। उसले जिन्दगीमा प्रथम नभएपनि सबै भन्दा बढि नम्बर जिन्दगीमा धेरै पटक ल्याएको छ । चाहे आमाको नजर होस्, चाहे शिक्षकको नजरमा होस्, चाहे साथीको नजरमा होस्, चाहे प्रेमिकाको नजरमा होस् या त उसकी श्रीमतिको नजरमा होस् धेरै पटक प्रथम हुने मौका पाएको छ । त्यो पनि सयमा सय नम्बर ल्याएर । धेरै पटक जिन्दगीको पाना कोरेको छ उसले। यही नम्बरको कारण उ भन्ने गर्दछ म एउटा मैनबत्ती हो । 

यसरी शून्य आकासमा शुरु जिवनको तारताम्य निकै चुनौतीको सामु खडा भएको छ । उसले सानो छँदा विभिन्न समयमा गाउँको गोठमा मकैको ढोँड बालेर किताबका पानाहरु पढेको थियो । अनि अलिक समयले गतिलिएसंगै यसको पढ्ने शैलीपनि फरक हुदै गए । उसले अब कुपी वत्ती हँुदै मैनबत्तीका साहाराले अक्षरहरु चिन्न थालेको थियो । तिनै मैनबत्तीको सहारामा अध्ययन गर्ने सहकर्मी साथीहरुले उसलाई विचबाटैमा छाड्यो भने उसले उसका साथीहरुलाई पनि बिचबाटैमा छाड्यो । साथीहरुसँंग दिनहरु बित्दाबित्दै उसका निकै सम्झन लायक दिनहरु आए । किनकि उसका अरु साथीहरुले उसले गरेको जति अनुभव गर्न पाएका छैनन् । चाहे देश प्रदेश जहाँ जे भएपनि उसले साहित्यकार तथा नेपाली राजनीतिको जननेता विश्वेश्वर प्रसाद कोइरालाले आफ्नो कथामा लेखेको केही अनुभव वहन गर्न पाएको छ । 

गाउँमा उ संगै बसीखेली गर्ने साथीहरुले जे जस्तो कुरा सुनेको भएतापनि आजको दिनमा उसको निकै महत्व बढ्दै गएको छ । किनभने त्यही गाउँमा हलो कोदालो गर्ने साथीहरु गाउँको स्थानीय सरकारका प्रमुख भएका छन् । धेरै पटक प्रथम हुन नसकेको साथीहरुलाई जनताले प्रथम बनाएका छन् । तिनै प्रथम हुनेहरुको सारथी भएका छन् । हिजोको दिनमा विद्यालयमा विलक्षण प्रतिभा भएको साथीहरु । 

जिन्दगीले मानिसलाई धेरै किसिमको अनुभुति दिलाउने गर्दो रहेछ । अनि तिनै अनुभुतिको माध्यमबाट समाज विकासका क्रमहरु खडा भएर अगाडी आउँदा रहेछन् । सायद विश्वेश्वर प्रसादका पिताजीले विराटनगर निर्माणको लागि त्यो समयमा पहल नगरेको हुँदो हो त । अहिले हाम्रा गाउँ ठाउँमा यातायातमा संसाधनहरु आएको नहुँदो हो । नेपाली जनताले समाजवादको नारा लगाईरहँदा विश्वेश्वर प्रसाद कोइरालालाई अग्रभागमा राखेको छन् । जसरी एउटा गाउँको शैक्षिक विकासमा त्यस ठाउँको अगुवाको नाम आउने गर्दछ। 

यसरी समयको गतिसंगै उ २१ बर्षको हुँदो उसको वैदेशिक रोजगारीको यात्रा तय हुन्छ । उ मलेशियाको तीनबर्षको बसाइपछि नेपाल फर्किएको छ । उसलाई विभिन्न जञ्जीरहरुले गिजोलेको छ अहिले । यसैको बिचमा उसको मलेशिया बसाई (२०६०/०४/२२–२०६३/४/२८) कहाली लाग्दो नै भयो । विचमा मलेशिया बसाईकै क्रममा उसले चोरको फन्दामा पर्नुको साथै निकै ठूलो संकटमा समेत परेको थियो । जुन उसको मानसपटलबाट सदासदा विलाएर जान सकेन । अनुभुतिको मास्टर मेमोरीमा रहिरहे।

नेपालको द्वण्द्वकालिन अवस्थामा आएको आँधीहुरीले उसलाई पनि छोयो । उसको जीवनको कुरा गर्दा विभिन्न प्रकारका पुर्णकालिन कार्यकर्ता, जनमुक्ती शेना लगायतको नजिकको अनुभव उसले आर्जन गरेको सम्पत्ति हो । यसरी उसले जनआन्दोलकै क्रममा भएको विभिन्न टिका टिप्पणी गर्दा गर्दै नेपाली पत्रकार समेत भएको अनुभुति छ उसमा । उसले नेपालको पत्रकारितामा दश बर्षको अनुभति संगालेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद भई नेपाली पत्रकारितामा दरिलो आयाम थपेको थियो । साथसाथै उसले नेपालको समाजवादी आन्दोलनमा उसले विभिन्न चरणमा कलम चलाएको थियो।

जुन कलमको कारणले गर्दा उसलाई एउटा उचाईमा पुर्याएको छ । उ नेपाली संचार जगतको एउटा पत्यारिलो नाम हो । 
यसरी विभिन्न प्रकारका आरोह–अवरोहको बिचबाट चलिरहेको उसको जिवनमा उसले चाहेको जस्तै सुन्दरी उसको जिवन संगीनीको रुपमा आएको छ । उसको जिवन संगीनीको सहयोगमा उसले विभिन्न प्रकारका कामहरु गरिसकेको छ । भने उसको जीवनसाथीको सहयोगमा उसले दुई छोरीलाई जन्म दिइएको छ । यसरी नेपाली पत्रकारिता र साहित्यको माध्यमबाट समाजलाई नियालेको उसले राजनीतिको माध्यमबाट समेत नियालीरहेको छ । समाजवादी आन्दोलनको रुपरेखामा आफूलाई उभ्याउनका लागि सदावार रुपमा लागि रहने प्रण गरेको हुनाले सामाजिक न्याय र परम्परावादी मान्यतालाई समेत खलल नपार्ने गरी समाज विकासको परिकल्पना गरेर अगाडी बढेको छ । 

सामाजिक संरचना नै पुरातनबादी सोच र पश्चगामी सोचको किचलोमा परेको छ । जसको कारण यहाँको वर्ग समुदाय र समाज नै विभाजित भएका छन् । हामीले सोचेको भन्दा फरक किसिमबाट समाजको रुपरेखा अगाडी बढेको छ । हामी सदैव समान ढंगबाट समाजका कामहरु अगाडी बढोस् भन्ने उपेक्षा गरेका हुन्छौ । तर हाम्रो आम समुदाय नै आजको युगिन घडिमा विभिन्न सामाजिक मोडालिटीको प्रयोग गर्ने जमर्कोमा रहेको छ । 

त्यही समुदायमा हुर्केको बढेको मान्छेको सोच सबैको एकनास हुदैन यहाँ। त्यसैले गर्दा वर्गिय धरातल र जातीय मान्यताको कारण र सामाजिक संरचनाको सोचाइ र काम गराई फरक–फरक हुने गर्दछ। यसरी मानविय सोचलाई फरक ढंगबाट अगाढी बढाउनका लागि आफूसंग भएको स्वाभीमानी छविलाई उजागर गर्दा उसको जिवनमा विभिन्न प्रकारका हतकण्डाहरु मच्चाएर उसलाई सिद्याउने सम्मका खेल भएका थिए। उसले नेपाली समाजलाई नियालेर हेर्न थालेको आज डेढ दशक हुन लागेको छ। यसरी सामाजिक आन्दोलनको अभियानमा रहेको हुनाले उसले  सदैव अरुलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जमर्को गरिरहेको छ। 

सामाजिक मुल्य मान्यताको आधारमा आफूलाई अगाडी बढाएको उसले उसलाई अझै चिन्न बाँकी रहेको आभास भएको छ। हुन त जो मान्छेलाई आफूलाई चिन्छ उ समाजको एक सफल व्यक्ति हो भन्ने उसलाई लागेको छ । उ एउटा विकासबादी सोच र समाजवादी विचार बोक्ने यूवा भएको हुनाले उसको जिवनको उसलाई नै खासै मुल्यावान ठान्दैन किनकि उसको जिवन नै उसले उपहारमा पाएको हो । वाबुआमाको समागमबाट उसको उत्पत्ति भएको हुनाले उसलाई कुनै प्रकारका बाधा व्यवधानप्रति खासै गुनासो छैन । किनकि मानव समाजको उत्पति नै अवसरको खोजी र चुनौतीको विचबाट भएको छ । 

विक्रम सम्बत २०४० साल साउन ४ गते बुधबारको दिन आमा गंगादेवी श्रेष्ठ र पिता कृष्ण बहादुर श्रेष्ठको कोखबाट जन्मिएको निर्मलराज, निलमणि हुदै मणिकुमार श्रेष्ठ सिजनको नामले अहिले उसलाई चिन्ने गरेका छन् चिने जानेकाहरुले। २१ बर्षसम्म भोजपुर जिल्लाको साविक कुलु गाविस वडा नं. ८ पियोकमा बसोबास गर्ने उसले वैदेशिक रोजगारीबाट आएर नेपालको त्रिभुवन विश्व विद्यलयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेर नेपालको लोकतान्त्रिीक आन्दोलनको अग्रपंक्तीमा रहँदै, पत्रकारिता र साहित्यको माध्यमबाट नेपाली समाजलाई नियाली रहेको छ । त्यही उ आज भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिकाको पहिलो योजना शाखा प्रमुखको रुपमा चिनिएको छ। जसलाई कहिल्यै प्रथम हुन मन छैन तर समाजवादी सोच र विचारको कारण उ अर्थात म निरन्तर विकासको लागि लागिरहने छु र लागि रहेको छु । त्यसैले मैनबत्तीहरुको खोजिमा छु । जसले आफू जलेर पनि अरुलाई उज्यालो दिने काम गर्दछन् । .................... समयले फेरी हाम्रो भेट अवष्य गराउने छ । 
        
    
 



Published Date: 2021-06-04 11:20:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

हल्लाको भरमा शेयर लगानी घातक
हल्लाको भरमा शेयर लगानी घातक शुक्रबार, जेठ २१, २०७८, ११:२०:००
शैक्षिक क्षेत्रमा परेको असर चुनौतिपूर्ण
शैक्षिक क्षेत्रमा परेको असर चुनौतिपूर्ण शुक्रबार, जेठ २१, २०७८, ११:२०:००
Ncell