Entertainment

शर्मिला गुरुङ र कुशल वेल्बासेको “एकै रातले...” सार्बजनिक

Nami News
सोमबार, जेठ २४, २०७८

काठमाडौ । लोकदोहोरी क्षेत्रका वरिष्ठ गायिका शर्मिला गुरुङ र गायक कुशल वेल्बासेको आवाजमा “एकै रातले...” नामक नयाँ लोकदोहोरी गीतभिडियो सार्बजनिक भएको छ । 

गीतकार बाल कुमार श्रेष्ठको शब्दरचना रहेको यस “एकै रातले...” गीतभिडियोमा निर्देशन रहेको छ रजवान क्षेत्रीको भने सम्पादन गरेका छन् विष्णु शर्माले। 

“एकै रातले...” गीतभिडियोमा संगीत रहेको छ शर्मिला गुरुङकै । त्यस्तैगरी गीतभिडियोमा कमल सौरागले सङ्गीत संयोजन गरेका हुन् भने छायाँङ्कन गरेका छन् सुरेश श्रेष्ठले ।

ईनेपाल खबरको अफिसियल युटयूवच्यानेल मार्फत सार्बजनिक गरिएको यस गीतभिडियोको सङ्ग टाइटल निशा केसीको रहेकाे छ भने रेकर्डिष्टमा सुमन राना र खुमन राना रहेका छन् । 

मारुनी डिजिटल रेकर्डि‌ङ्ग स्टुडियाेमा रेकर्ड गरिएकाे यस गीतभिडियोका निर्माता राजन क्षेत्री हुन् ।



Published Date: 2021-06-07 20:26:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell