Political

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

Nami News
बुधबार, जेठ २६, २०७८

काठमाडौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो ।

इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गरेको थियो ।



Published Date: 2021-06-09 16:25:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell