Business

सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

Nami News
शुक्रबार, जेठ २८, २०७८

काठमाडौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएको छ । 

नवनियुक्त (सिइओ) पोखरेललाई बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएको हो । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी (सिइओ) नियुक्ति लिएको थियो ।  

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान भएको बैङ्करका रुपमा लिने गरेका छन् । 

उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव  छ ।



Published Date: 2021-06-11 15:40:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजन
आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजन शुक्रबार, जेठ २८, २०७८, १५:४०:००
शेयर कारोवारमा पहिरो
शेयर कारोवारमा पहिरो शुक्रबार, जेठ २८, २०७८, १५:४०:००
शेयर कारोवार मापक नेप्सेमा वृद्धि
शेयर कारोवार मापक नेप्सेमा वृद्धि शुक्रबार, जेठ २८, २०७८, १५:४०:००
नेप्से घटदा लगानीकर्ताले गुमाए ९८ अर्ब
नेप्से घटदा लगानीकर्ताले गुमाए ९८ अर्ब शुक्रबार, जेठ २८, २०७८, १५:४०:००
Ncell