Blog/Opinion

व्यक्ति विशेषः काँग्रेसले विर्सन नहुने मान्छे

Nami News
शुक्रबार, असार ४, २०७८

—प्रज्वल घिमिरे

आफ्ना पिता तथा इतिहासमा चिनिएका पत्रकार एवं नेपाली काँग्रेसका पुराना नेता स्व केशव प्रसाद आचार्यको राजनैतिक पाठशालावाट दिक्षित व्यक्ति हुन सपथ आचार्य । तोतेवोली फुटेदेखि नै ‘‘नेपाली काँग्रेस जीन्दाबाद्’’ भनेर निरङकुश पञ्चायती व्यवस्था विरुद्ध आफ्नो राजनैतिक यात्राको शुभारम्भ गर्दै कहिले शहिद दिवशको दिन पत्रिकावाट काटिएको कागजको चारतारे झण्डा फहराउन खोज्ने त कहिले प्रजातन्त्र दिवशको दिन वहुदलीय व्यवस्थाको पक्षमा एकाध नाराहरु पनि झुक्याएर घन्काइदिने गर्दथे उनी ।

हुन त, जमतसङ्ग्रह ताकाकै जुलुसमा पनि उनी सहभागी भएका थिए तर त्यतिखेर उनी निकै सानो थिए । त्यसवेलाका धेरै सम्झनाहरु अहिले उनका दिमागवाट हराइसकेका छन् । तर, एकपटक महेन्द्र नारायण निधी र मैयाँ भाउजुहरु वरहथवामा आउनु हुँदाका केही हलुका स्मरण भने उनलाई अझै रहेछ । त्यतिखेर पनि आफ्ना पिता स्व केशव प्रसाद आचार्य समेत सहभागी रहनुभएको त्यो सभामा मण्डलेहरुले आक्रमण गरेको घटनाका केही स्मरण उनले यो पँक्तिकारलाई सुनाइभ्याए। 

पछि जनमतसँग्रहको लगत्तै वीपी कोइराला सर्लाहीको मलंगवा आइपुग्नु हुँदा सपथ भर्खर एघार बर्षका मात्र थिए । त्यतिवेला आफ्ना पिताको सन्सर्गमा उनले वीपीलाई नजिकैवाट देख्न पनि पाएका थिए । त्यसको चार बर्षपछि विसं.२०४१ सालमा जम्मा चौध बर्षको वाल्यावस्थामै उनले पञ्चायत विरुद्ध गिरफ्तारी दिए । त्यतिवेला राजविराज काँग्रेसका नेता मधु सिँहको घरवाट पञ्चायती प्रहरीले घेराहालेर गिरफ्तार गरेको घटना उनलाई अहिले पनि आलै जस्तो लाग्दछ । 

हुन पनि, एउटा कलिलो उमेरको वालखले कुनै सानो पीडा त सहन सक्दैन भने त्यसवखतको त्यत्रो ठूलो घटनालाई सपथले आखिर विर्सिउन पनि त कसरी ? तर, त्यतिखेर आफू सानै भएपनि सँगै गिरफ्तार भएका आफ्ना सहयोद्धा दाइहरु विमलेन्द्र निधी, भिम वहादुर तामाङ, विपिन कोइराला, अशोक खनाल, वाशु कोइराला, शिवचन्द्र तिवारी र मनोहर दाहाल लगाएतका नेकाका नेता तथा कार्यकर्ताहरुको साथले मुलसडकमा पु्र्यायाइए पछि गिरफ्तारीको नाम टिपाउने क्रममा स्थानीय सिडिओले उनीमाथि झापड हान्न लाग्दाको क्षणलाई पनि सपथले कहिल्यै विर्सेनन् । त्यसवेला, ऐन मौकामा नेताहरु विमलेन्द्र निधी र विपिन कोइरालाले ‘‘वालखलाई पिट्न पाइँदैन’’ भन्दै छेकेर उनलाई बचाएका थिए । 

त्यसदिन प्रहरीको ट्रकमा खाँदेर हुइँक्याउँदै आधारातमा वनमा लगेर आधारातमा छोडिएको घटना सम्झेर सपथ अहिले पनि भावुक हुन पुग्दछन्। प्रहरीले पहिले नै ट्रकमा नअँटेर जिपमा खाँदेका १२/१३ जना बन्दीलाई पनि पूनः उही ट्रकमा खाँदेर हुइँक्याएको थियो। प्रहरीको ट्रकमै नाराबाजी गर्दै आएका बन्दीहरुलाई जब आधारातमा धरान तर्फको शुनसान वनमा झारियो, त्यो अँध्यारो रातमा पूनः आफ्ना अग्रज नेताहरुकै सामिप्यताले आफू नआत्तिएको कुरा उनी आज पनि वताउने गर्दछन्। त्यसपछि आधारातमा हिँडेरै वेलवारी पुगेपछि एउटा राइसमीलमा घुघुनी—चिउरा खाएर पेटको भोक शान्त पारेका गाथाहरु सुनाउँदै उनले यो पंक्तिकार भने-‘‘ मेरो त्यो इतिहासमाथि काँग्रेस र यसको नयाँ पुष्तालाई गर्व छ कि छैन मलाई थाहा छैन तर म भने सँधै गर्व गदर्छु।’’

अहिले आफू ५० नाघिसक्दा पनि काँग्रेसकै सिद्दान्तलाई दह्रो रुपले पछ्याउँदै आएका सपथ आचार्य नेकामा आएको सैद्दान्तिक विचलनप्रति निकै चिन्तित् देखिन्छन् । दुःखको कुरो त के भने, नेपाली काँग्रेस् पार्टीले गरिरहेको उनको त्यो इतिहासप्रतिको वेवास्ताका कारण धेरैले सपथ आचार्यलाई चिन्दैनन् । नेपालमा पद र पैसा नभएको मानिसलाई समाजले उतिसारो नचिन्ने वातावरण वन्नुमा पनि सायद यीनै राजनैतिक दलहरु एउटा मुख्य कारण हुन् भनेर भन्दा अतिशयोक्ति पनि नहोला।

यद्यपि, तत्कालिन् समयमा भने एउटा वालखले दिएको त्यो गिरफ्तारी प्रति पञ्चायती प्रशासनमा मात्र नभएर नेका पार्टीमा समेत भित्रभित्रै चर्चाहरु भएकै थिए । तर, कालान्तरमा प्रजातन्त्र आएपछि भने अधिकाँश नेता तथा कार्यकर्ताहरु आ—आफ्नो दुनोहरु मात्र सोझ्याउनमा व्यस्त भए । जबकि, चाकडी र दौडधुपमा नहिँड्ने सपथ भने पछाडि परे । अर्कोतर्फ, त्यो वालख उमेरमै त्यसरी लाग्दा सपथका पढाइ लगाएतका धेरै जीपनोपयोगी कुराहरु विथोलिन पुग्यो । जसको फलस्वरुप उनको सम्पूर्ण जीवन नै पछिसम्म प्रभावित हुनपुगेको पाटोलाई पनि उनले अभैm पनि झेलिरहेकै छन् ।

पाटोकै कुरा गर्नुपर्दा सपथको एउटा अर्को पाटो अर्थात साहित्यिकलाई पनि विर्सन सकिँदैन । उनका करिव एकदर्जन कथाहरु विभिन्न पत्रपत्रिकाहरुमा पकाशित् छन् झन् सयौँ लेखहरु पनि प्रकाशित भइसकेका छन् । लामो समय लगाएर हलैमात्र उनले एउटा उपन्यास पनि सकेका छन् जसको पकाशनको चिन्ताले उनलाई अचेल निकै गाँजिरहेको देखिन्छ । यहाँनेर अव एउटा अकाट्य सत्यलाई पनि जोडिहाल्न चाहन्छु, त्यो केहो भने, साहित्यिक पटोलाई पनि अलिकति बुझेको मानिस राजनीतिमा समेत निकै इमान्दार रहेको उदाहरण विगतमा समेत देखिएका छन् । तर, वर्तमान राजनीतिमा देखिएको विक्रित मानशिकताका मानिसहरुको बढ्दो विगविगीको प्रभावले सपथ जस्ता मानिसहरुको मुल्याङ्कन हुन नदिएको प्रष्टै छ। 

हुन त पञ्चायत विरोधी गतिविधिमा लागेर इतिहास वनाएका अरुपनि मानिसहरुको मुल्याङकन वर्तमान हुन नसकेका होलान्। तर, यही सोचेर सपथको मुल्याङकनमा नेका पार्टी अझै पनि चुकिरहन्छ भने त्यसलाई सामान्य रुपले हेरिनु हुँदैन। किनकि, वाल्यकालको खेल्ने र कुद्ने चिन्ता मात्र हुनुपर्ने मष्तिस्कमा उनले राजनैतिक चेतना घुसाएर मुलुकको चिन्ता गर्दै आफ्नो उच्च मानसिक हैसियत र योगदान प्रदर्शन गर्नुलाई सामान्य रुपमा आँकलन गरिनु न्यायचित हुँदै होइन। त्यसैले, सपथ आचार्य जस्ता व्यक्तिहरुको विषयमा आमरुपले हुने गरिएको त्यागी तपश्वीहरुको मुल्याङकनको खडेरीलाई नै हेरेर पनि नजरअन्दाज गर्नुचाहिँ देशकै दुर्भाग्य हो भनेर भन्दा अतिशयोक्ति नहोला ।


 



Published Date: 2021-06-18 08:17:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell