Social

शताब्दी पुरुष जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किए 

Nami News
शुक्रबार, असार ४, २०७८

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएको छ । 

शताब्दी पुरुष जोशीलाई श्वासप्रश्वास, छाति, मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो । 

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा पूर्ण सुधार भएपछि दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिएका हुन्। 

अस्पतालका निर्देशक बज्राचार्यले भने, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौ । उहाँमा कोरोना सङक्रमणको पनि परीक्षण भयो ।  सङ्क्रमण देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ। क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। ” 

लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी ९ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जानकारी गराएका थिए। निर्देश बज्राचार्यले एकहप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच  गर्नेछन्।  

अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनका धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो।  

नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गरेको छ। 



Published Date: 2021-06-18 20:04:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

जीन्दगी एउटा भ्रम
जीन्दगी एउटा भ्रम शुक्रबार, असार ४, २०७८, २०:०४:००
Ncell