Social

विना तडक-भडक बेहुला-बेहुली 

Nami News
आइतबार, असार ६, २०७८

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर  घरमा भित्र्याएका छन् । 

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला-बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्। बेहुला सन्तोषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड-१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। 
 



Published Date: 2021-06-20 08:44:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell