Entertainment

जित ख्वय्का छ वने फइ मखु म्यूजिकभिडियो सार्वजनिक 

Nami News
आइतबार, असार ६, २०७८

ललितपुर । नेपाल ज्ञानमाला भजन लगायत आधुनिक संगीत क्षेत्रमा अतुलनिय योगदान पुर्याउँने भजन गुरु, संगीतज्ञ, गायक, रचनाकार, कलाकार तथा समाजसेवी स्व. पद्मज्योति बज्राचार्यद्वारा संगीतबद्ध नेपालभाषा गीत 'जित ख्वय्का छ वने फइ मखुू' को म्यूजिक भिडियो एक भच्र्युअल कार्यक्रममार्फत सार्बजनिक भएको छ । 

सार्बजनिक म्यूजिक भिडियोमा नेपालभाषा तथा नेपाली भाषाका दर्जनौं भजन र आधुनिक गीतमा आफ्ना कर्णप्रिय आवाज दिइसकेकी गायिका बिष्णु माया ब्यञ्जनकारले अतिनै सुरिलो आवाज दिएका छन् । 

'जित ख्वय्का छ वने फइ मखुू' गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार अनुप शाक्य, नेपालभाषा क्षेत्रका लोकप्रिय तथा अनुभवी नायिका रोजिना सुवाल तथा सुष्मा बज्राचार्यको लोभलाग्दो अभिनय रहेको छ । 

दर्जनौं म्यूजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसेकेका कलाकार तथा निर्देशक सुरज नापितले यस भिडियोको निर्देशन गरेका हुन् भने गीतकार स्व. मन्त बज्रको सार्है मार्मिक रचना रहेको छ । 

सम्पादन, छायांकन तथा कलर करेक्सन अमर चित्रकारले गरेको यस 'जित ख्वय्का छ वने फइ मखुू' गीतको म्यूजिक भिडियोको कथा सत्य घटनामा आधारित रहेको र त्यागको विषयलाई समेटिएको निर्देशक सुरज नापितले बताए ।  

जारी निषेधाज्ञाको विषमपरिस्थितिबिच जुममार्फत भच्र्युअल रुपमा आयोजित प्रिमियर कार्यक्रमका मुख्यअतिथि नेपालभाषाका म्युजिक भिडियोका प्रथम निर्देशक तथा बरिष्ठ पत्रकार बिजयरत्न असंबरे, सञ्जय शर्मा राजोपाध्याय, नेवा राष्ट्रिय पत्रकार दबुका अध्यक्ष सुरजबीर बज्राचार्य लगायत सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन भने अनुप शाक्यबाट भएको थियो ।  



Published Date: 2021-06-20 13:38:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell