Social

छैठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन

Nami News
बिहीबार, असार १०, २०७८

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षले सशत्र प्रहरीलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र साङ्गठानिक विकासमा योगदान पुर्याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन सहयोग गर्ने बताएको छ।

छैठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भएको उद्घाटन समारोहमा महानिरीक्षक खनालले मुलुकमा आइपर्ने सुरक्षा चुनौतीलाई विश्लेषण गरी योजनाबद्ध कार्यसम्पादन गर्न उक्त तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको हो । 

सशस्त्र प्रहरीले सङ्गठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ उक्त कोर्सको शुरुआत् गरिएको हो ।

महानिरीक्षक खनालले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा तालिम प्राप्त अधिकृतले कार्य क्षेत्रमा खटिई उल्लेख्य योगदान पुर्याउँदै आईरहेको स्मरण पनि गरेका थिए । 

मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न, सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद्बाट नागरिकको सुरक्षा र उद्वारका साथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षामा सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको समेत उनले जानकारी गराए।  

शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पुर्याई रहेको तथा त्यसका लागि सङ्गठनलाई आजको उचाईसम्म पुर्याउन योगदान पुर्याउनुहुने सङ्गठनका अग्रजको योगदानको समेत महानिरीक्षक खनालले स्मरण गरेका थिए। 

महानिरीक्षक खनालले उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने उल्लेख गर्दै अध्ययनशिल र अभैm बढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतलाई निर्देशन दिएका छन् । 

समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा. डा. कुशुम शाक्यले अन्तर्राष्ट्रियस्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्स सञ्चालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका थिए। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय पद्धती, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन, विकास र शान्ति लगायतका विविध विषय समेटिएको छ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो  । उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र सङ्कायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तरतहमा रहेको छ।

एक वर्ष ६ महिना अवधिको उक्त अध्ययनमा कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दुई र सशस्त्र प्रहरी नायब उपरीक्षक ८ जना अधिकृतको सहभागीता रहेको छ।



Published Date: 2021-06-24 00:03:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

जीन्दगी एउटा भ्रम
जीन्दगी एउटा भ्रम बिहीबार, असार १०, २०७८, ००:०३:००
Ncell