Sports

त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज स्थगित

Nami News
बिहीबार, असार १०, २०७८

काठमाडौ । नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ। 

आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड-१९ का कारण स्थगन गरिएको होे। सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ९क्यान०का सचिव अशोकनाथ प्याकु¥यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो। बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनौट गरिएको थियो।

प्रशिक्षण दिन श्रीलंकामा रहेका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएको थियो । 

नेपालले हालसम्म लिगमा ४ खेल खेल्दै ४ अंक जोडेको छ । लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।      
 



Published Date: 2021-06-24 19:41:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell