Entertainment

डिशहोम फाइबरनेट सेवा देशका प्रमुख शहरहरुमा  

Nami News
मंगलबार, असार २२, २०७८

काठमाडाै। डिशहोमले देशका प्रमुख शहरहरुमा फाइबरनेट सेवा विस्तार गरेको छ।  

डिशहोम फाइबरनेट देशबासीहरुमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सेवा शुरु गरेको हो । 

डिशहोम फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दाहरुका लागि छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न कम्पनीले प्रतिबद्धता जनाएको छ। 

डिशहोम फाइबरनेटकासाथमा उत्कृष्ट इन्टरनेट कनेक्शनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्।  फाइबरनेटका योजनाहरु १० Mbps देखि १००Mbps सम्म उपलब्ध छन्।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। 

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ भने अब छिटै नेपालका अन्य प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दैछ। 

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 
 



Published Date: 2021-07-06 17:50:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

यो तीजमा फिलिलि नाचम्ला... सार्बजनिक
यो तीजमा फिलिलि नाचम्ला... सार्बजनिक मंगलबार, असार २२, २०७८, १७:५०:००
नेपाली मौलिक वाद्यवादन प्रशिक्षण हुने
नेपाली मौलिक वाद्यवादन प्रशिक्षण हुने मंगलबार, असार २२, २०७८, १७:५०:००
Ncell