Sports

एएफसी यू-२३ च्याम्पियनसीप छनौट बी समूहमा नेपाल

Nami News
शनिबार, असार २६, २०७८

काठमाडौ । एएफसी यू-२३ च्याम्पियनसीप छनौटमा नेपाल समूह बी मा परेको छ । 

एसियाली फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक खेल तालिका अनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन्। 

समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौँ पटक यु-२३ छनौट प्रतियोगिता खेल्न लागेको हो। नेपाल हालसम्म छनौट चरण पार गर्न असफल भएको छ। 

एएफसी यू-२३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ। पाँच समूहमा ४/४ तथा एउटा समूहमा तीन देश रहेका छन् । 

यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ । छनौट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् । 

एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनौट भएको छ । 
 



Published Date: 2021-07-10 10:17:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell