Entertainment

डिशहोम “खुशीको कनेक्सन” भिडियो सार्वजनिक

Nami News
मंगलबार, असार २९, २०७८

काठमाडौ । डिसहोमले आफ्नोे “खुशीको कनेक्सन”अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ।

डिसहोम र खुुशीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ। 

यी सबैकाबीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ। 

आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छातादेखि नवदुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नया ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । 

लोकप्रिय गायक अमित बरालको “म तिम्रै हुँ”, गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । 

नौ वटा स-साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै QHD पिक्चर क्वालिटी, PPV, PVR, XVOD, डिशहोम GO APPWeb, विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन्। 

डिशहोमका लागि विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्चप्रविधिकासाथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ ।   

स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ।  यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिनेछ । 
 



Published Date: 2021-07-13 22:13:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell