Social

दुबै किड्नी फेल, आफूलाई बचाउन अभिनेत्री पल्पसा (चम्सुरी) काे अपिल

Nami News
आइतबार, साउन ३, २०७८

काठमाडौं। यतिखेर ख्यातिप्राप्त हांस्य अभिनेत्री पल्पसा डंगोल (चम्सुरी) को दुबै किड्नी फेल भइ हाल मर्नु न बाँच्नु को अबस्थामा रहेको छ। 

अभिनेता रवि डंगोल (का: वेमान) का अनुसार हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अभिनेत्री पल्पसा (चम्सुरी) को अवस्था गंभीर रहेको छ। 

हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको बेड नंबर ३०५ मा उपचार्थ चर्चित हास्य अभिनेत्री पल्पसा (चम्सुरी) को दुई पटक डायलासिस गरि सकिइएको छ। 

विगत पाँच बर्षदेखि किड्नीको समस्या झेल्दै आएकी होनहार हास्य अभिनेत्री पल्पसाको चाँडै नै किड्नी ट्रान्सप्लान्ट गर्नु आवश्यक भइसकेको छ। 

अभिनेत्री पल्पसा (चम्सुरी)ले आफूलाई बचाउन अस्पतालको बेडवाटै अनुरोध गरिरहेकी छन्। जाे कोही शुभेच्छुक किड्नी दाता (डोनर) हुनुहुन्छ भने एउटा किड्नी दान गरी अमूल्य जीवन रक्षाको लागि हार्दिक अपिल गरेकी छन्।

यदि किड्नी ट्रान्सप्लान्ट गर्न पाएमा पहिलाकै जोश जाँगरमा फर्किइ सशक्त रुपमा नेपाली कलाक्षेत्रकै लागि आफू लागी पर्ने प्रतिबद्धता अस्पतालको वेडबाटै जाहेर गरेकी छन्। 

–यदि तपाईहरु मध्ये कसैले हास्य अभिनेत्री पल्पसा डंगोललाई सहयोग गर्न चाहनुहुन्छ भने, फोन नंबर ९८०३१३३६६९ मा सिधा सम्पर्क गर्न सक्नुहुनेछ।



Published Date: 2021-07-18 07:57:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell