Sports

क्यान(CAN) द्वारा आयोजित सम्पूर्ण खेल एक्सन स्पोर्टस्ले प्रशारण गर्ने सम्झ्यौता

Nami News
शुक्रबार, साउन ८, २०७८

काठमाडौ । नेपाल क्रिकेट संघ (CAN) र डिश मिडिया नेटवर्क लिमिटेडविच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झ्यौता भएको छ।

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यान (CAN)का कोषाध्यक्ष रोशन कुमार सिंहविच आज उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 

सम्झौता अनुरुप यसअधि नेपाल क्रिकेट संघ (CAN)ले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ।

यसैगरी आगामी दिनमा नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन्।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र क्रिकेटको लोकप्रियतालाई अझ थप उचाईमा पुर्याउने बताएको छ ।



Published Date: 2021-07-23 21:29:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell