Social

कविता

Nami News
बिहीबार, साउन १४, २०७८

-रञ्जना न्याैपाने

मौनतामा बोलिने शब्दहरुको
ब्याख्या गर्ने शब्दकोश लेख्दैछु
ता कि तिम्रा आँखाका भावहरु
म नि:शब्द वर्णन गर्न सकूँ 

मुटुदेखि मुटुसम्म पुग्ने यन्त्र
तिमीले भेट्यौं भने भनिदिनु
ता कि म पाईला नचालिकन
तिमी भित्रको ब्रह्माण्ड भ्रमण गर्न सकूँ

भिन्नता भित्रको समानता
सरलता भित्रको गहनता
तिम्रो सामिप्यताको सघनता
म हरेक धड्कनमा खोजिरहन्छु

तिम्रो चाहतको सीमा होलान्
आकंक्षाका सगर होलान
म चाहनालाई सिमित राखेर
तिमीलाई असिमित प्रेम गर्छु

प्रिय !
के तिमीले
सीमितताको असीमितता बुझ्न सक्छौ?
मन देखि मनको दुरी पार गरेको छौ?
मुटुको तौल भावनाको तराजुमा राखेर
निस्वार्थ धड्कनको मोल तोल गर्न सक्छौ?



Published Date: 2021-07-29 12:51:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell