Business

महालक्ष्मी विकास बैंक र MAW वृद्धि कमर्सियल भेहिकल्सबिच सम्झौता

Nami News
शुक्रबार, साउन १५, २०७८

काठमाडौ । महालक्ष्मी विकास बैंक लि‍ र MAW वृद्धि कमर्सियल भेहिकल्सबिच आज एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

कमर्सियल भेहिकल्स खरिद गर्न चाहने हरेक ग्राहकहरुलाई सरल तथा सुलभ तवरबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले MAW वृद्धि कमर्सियल भेहिकल्सबीच  सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। 

आज भएको सम्झौता अनुसार MAW वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. बाट ग्राहकहरुले FOTON ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाइएकाे छ। 

ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने महालक्ष्मी विकास बैंक लि‍ ले जनाएको छ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बै‌किङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. को सबै शाखाहरुबाट यो सुविधा सरल तरिकाबाटै उपलब्ध हुनेछ। 


 



Published Date: 2021-07-30 15:45:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

दशैँलाई नयाँ नोट सटहीको सुविधा
दशैँलाई नयाँ नोट सटहीको सुविधा शुक्रबार, साउन १५, २०७८, १५:४५:००
शेयर कारोबार मापक नेप्सेमा पहिरो
शेयर कारोबार मापक नेप्सेमा पहिरो शुक्रबार, साउन १५, २०७८, १५:४५:००
Ncell