Business

अमेजन कम्पनीलाई ८८.६६ करोड डलर जरिवाना

Nami News
शनिबार, साउन १६, २०७८

एजेन्सी । अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षा सम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८।६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।  

अमेजनलाई त्यस्तो जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षा सम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको हो।

खासगरी प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनौट गरेको दाबी गरेको छ। अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ।

लक्जेम्बर्गको तथ्याङ्क सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिबाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो। 

ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनु पर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो।

अमेजनकी एक प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। 

“कुनै तथ्याङ्कको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रो पक्षलाई दिइएको छैन,” उनले भने, “यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन्।” 

उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वीकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताए।



Published Date: 2021-07-31 20:26:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

दशैँलाई नयाँ नोट सटहीको सुविधा
दशैँलाई नयाँ नोट सटहीको सुविधा शनिबार, साउन १६, २०७८, २०:२६:००
शेयर कारोबार मापक नेप्सेमा पहिरो
शेयर कारोबार मापक नेप्सेमा पहिरो शनिबार, साउन १६, २०७८, २०:२६:००
Ncell