Business

संघीय संसद सचिवालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने

Nami News
आइतबार, साउन १७, २०७८

काठमाडौ । संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार आजदेखि पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ। 

संसद सचिवालयका प्रबक्ता रोजनाथ पाण्डेले बिज्ञप्ति जारी गर्दै लामो समयको प्रयासपछि अबदेखि राष्ट्रिय वाणिज्य बैंकबाट सबै कारोबार हुने जानकारी दिएको हो। 

सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । 

सचिवालयले २०७८ असार ३१ गते पुन ताकेता गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको पहलसंगै अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत संचालन गर्न निर्देशन दिएको छ। 
 



Published Date: 2021-08-01 14:17:00
Nepal Oil Corporation Nepal Airlines
Comments

More News

दशैँलाई नयाँ नोट सटहीको सुविधा
दशैँलाई नयाँ नोट सटहीको सुविधा आइतबार, साउन १७, २०७८, १४:१७:००
शेयर कारोबार मापक नेप्सेमा पहिरो
शेयर कारोबार मापक नेप्सेमा पहिरो आइतबार, साउन १७, २०७८, १४:१७:००
Ncell