Social

जीन्दगी एउटा भ्रम

Nami News
मंगलबार, साउन १९, २०७८

- प्रज्वल घिमिरे
(कवि तथा साहित्यकार)

जीवनहरु धेरै हुन्छन्
कुनै कुनैले मन छुन्छन्
तर कुनैले तन मात्रै
वास्तवमा हाम्रो समाजमा
रुनेहरु कहिल्यै 
हासेको मैले देखिन
हास्नेहरु रोएको पनि
अस्थायी जीवन
अस्थायी खुशी
अनि अस्थायी आँशु
हरुलाई अस्थायी 
मान्छेले स्थायी भनेर 
आफ्नो प्राकृतिक अर्थलाई नबुझि 
आफैलाई अर्थ मानि गनेर
जीन्दगीलाई आज कसैले चिनेन
जगत सबै अस्थायी तर
मान्छे आफूलाई जगत देख्छ
त्यसैमा अल्झेर प्रतिशोधमा बल्झेर
रगतले आफ्नै कथा लेख्छ
मृत्युलाई जित्न खोजेर
भ्रमको बाटो रोजेर
निरन्तर मान्छे हिडिरहन्छ नथाकि
पुग्ने ठाउँ थाहा नपाइ
आर्यघाटले नबोलाएसम्म।।

 

 



Published Date: 2021-08-03 20:48:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell