Entertainment

पुर्ण राईको शब्द-मेलिना राईकाे स्वरमा 'तिमी विना...' सार्बजनिक

Nami News
सोमबार, साउन ३२, २०७८

काठमाडौ । गीतकार पुर्ण राईको शब्द रहेको 'तिमी विना...' गीतको लिरिकल गीतभिडियो भर्खरै सार्बजनिक भएको छ। 

सार्बजनिक उक्त 'तिमी विना...' बोलको गीतको लिरिकल गीतभिडियोलाई सुनिल राई अफिसियल युट्यूव च्यानेलमार्फत सार्बजनिक गरिएको हो। 

गीतकार राईको 'तिमी विना...' मार्मिक शब्द रचनामा सदावहार चर्चित गायिका मेलिना राईको अत्यन्तै सुमधुर स्वरले सजिएको छ जसमा संगीत संयाेजन सुनिल राईले गरेका हुन्।  

त्यस्तैगरी ए वन म्यूजिसियन स्टुडियोमा तयार पारिएको यस लिरिकल गीतभिडियो रेकर्डिष्टमा किशोर थापा रहेका छन् भने बाँसुरीमा रत्न विके, बासमा अनुप दास, गिटारमा सञ्जीव बराईली र सरोज विष्ट छन्। 



Published Date: 2021-08-16 14:10:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell