Entertainment

महिला रेस्लर (यूनिका) को आवाजमा 'हामी खस क्षेत्री' गीतभिडियो सार्वजनिक

Nami News
सोमबार, भदौ २१, २०७८

काठमाडौ । नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को आवाजमा रहेको 'हामी खस क्षेत्री’ राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। 

उक्त 'हामी खस क्षेत्री’ राष्ट्रिय गीतभिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै अफिसियल युट्युवच्यानेल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएकाे हाे। 

महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको विशिष्ट योगदानलाई गीतमा समावेश गरिएको छ।  

जसमा जी. बि. क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतभिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ।



Published Date: 2021-09-06 16:03:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell