Entertainment

राजेन्द्रको निर्देशन तथा राजुको गीतमा 'ख्वाःछगु गुली बाःला' भिडियो सार्बजनिक

Nami News
मंगलबार, भदौ २९, २०७८

ललितपुर । ललितपुर महानगरपालिका न: टोलस्थित आज एक विशेष कार्यक्रमको आयोजना गरी सुप्रशिद्ध गीतकार राजु मानन्धर (अष्ट्रेलिया) को शब्दमा निर्मित नेपालभाषाका 'ख्वाःछगु गुली बाःला ' म्यूजिक भिडियो सार्बजनिक भएको छ। 

'ख्वाःछगु गुली बाःला' म्यूजिक भिडियोलाई काठमाडौं महानगरपालिका वडा नंबर १३ का पूर्व वडा सदस्य दिलवहादुर मानन्धरले अनलाइन स्वीचअन गरेर सार्बजनिक गरिएको हो। 

'ख्वाःछगु गुली बाःला' गीतको म्यूजिक भिडियोमा गायक सज्जु मानन्धरको मीठासपूर्ण आवाज रहेको छ भने नेपालभाषाका चर्चित सञ्चारकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको तारिफयोग्य निर्देशन रहेको छ।  

सुनिल ताम्राकारद्वारा सम्पादित 'ख्वाःछगु गुली बाःला' म्यूजिक भिडियोमा कलाकार तथा मोडल बिन्दे महर्जन र बर्षा महर्जनको उत्कृष्ट अभिनय प्रस्तुती रहेको छ भने संगीतकार जुगल डंगोलले संगीत भरेका छन्। 

सार्बजनिक समारोहमा नेपालभाषाका चर्चित पत्रकार दर्शनबीर शाक्यले शुभकामना दिँदै म्यूजिक भिडियो सम्बन्धमा प्रकाश पारेका थिए भने प्रथम नेपालभाषा चलचित्र पत्रकार एवम् प्रथम नेपालभाषा म्यूजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले शुभकामना मन्तव्य प्रदान गरेका थिए। 

शुभकामना मन्तव्यकै क्रममा अष्ट्रेलियामा रहनु हुने 'ख्वाःछगु गुली बाःला' गीतका ख्यातीप्राप्त गीतकार राजु मानन्धरले जुममार्फत भिडियो सार्बजनिक गर्ने क्रममा वडो उत्सुकतापूर्वक र सफलतापूर्वक भिडियो सार्बजनिक भएकोप्रति अपार खुशी व्यक्त गर्दै उपस्थित सवैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

म्यूजिक भिडियो सार्बजनिक समारोहमा बोल्दै निर्देशक तथा अभिनेता राजेन्द्र डंगोलले भिडियो निर्माण र निर्देशनको क्रममा आफूले भोगेका अथवा बटुलेका अद्भुत अनुभव र अनुभुतिलाई प्रष्ट्याएका थिए।

हाइलाइट्स नेवार युट्यूवच्यानेलमार्फत सार्वजनिक गरिएकाे 'ख्वाःछगु गुली बाःला '  सा‌गीतिक समाराेहमा उपस्थित अतिथि, कलाकार तथा माेडल लगायत सञ्चारकर्मीहरुलाई खादा ओढाई सम्मान गरिएकाे थियाे। 



Published Date: 2021-09-14 21:25:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell