Political

महाकाली पारीका गाउँमा जनगणना गर्न माग

Nami News
बुधबार, असोज २०, २०७८

काठमाडौ । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ। 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।” १२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ। 
 



Published Date: 2021-10-06 16:42:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell