Business

डिशहोमको रिचार्जमा पर्वविशेष आकर्षक छुट 

Nami News
बिहीबार, असोज २१, २०७८

काठमाडौ । आजबाट नेपालीहरुकाे महान चाड वडादशै भित्रिएकाे छ । चाडपर्वकाे मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउने भएको छ। 

यसै योजना अन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिने भएको हो।  

यस योजनासंगै ग्राहकहरुले अव मासिक रु ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछ। 

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २ हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछ। 

स्पेन जाने ४ जना भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ। 
 



Published Date: 2021-10-07 08:55:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell