Sports

आसिर्या देसारले जितिन् जुनिएर खुल्ला वुसु च्यम्पियन्सीप २०७८ स्वर्ण पदक 

Nami News
बिहीबार, असोज २१, २०७८

काठमाडाै । दशरथ रङ्गशालामा आयाेजित 'प्रथम काल भैरब जुनिएर खुल्ला वुसु च्यम्पियन्सीप २०७८' आसिर्या देसारले स्वर्ण पदक जित्न सफल भएको छ।

'प्रथम काल भैरब जुनिएर खुल्ला वुसु च्यम्पियन्सीप २०७८' काे तीसदेखि बत्तिस केजी तौलको जुनिएर खुल्ला वुसु च्यम्पियन्सीप प्रतिष्पर्धामा आसिर्या देसारले स्वोर्ण पदक जित्न सफल भएको हो। 

दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको खेलमा चालिस वटा क्लबका २ सयभन्दा बढी खेलाडी सहभागी भएको उक्त प्रतियोगितामा सान्सौ तर्फ २० र थाउलु तर्फ १८ स्वर्ण पदकको छिनोफानो भएको हो ।  

यस प्रतियोगितामा ७ वटा स्वर्ण २ रजत र १ कास्य पदक सहित ड्रागन उसु क्वान टिम च्याम्पियन हुन सफल भएको थियो भने ५ स्वर्ण ५ रजत र १० कास्य पदक सहित काठमाडौं उसु क्वान दोस्रो र ५ स्वर्ण ३ रजत र २ कास्य पदक सहित त्रिकोण उसु क्वान तेस्रो सफल भएको छ। 

प्रतियोगितामा थाउलु तर्फ त्रिकोण उसु क्वानका मनिस तामाङ्ग उत्कृष्ट पुरुष खेलाडीमा भए भने ड्रागन उसु क्वानका लाक्पा डोल्मा शेर्पाले उत्कृष्ट महिला खेलाडीको ट्रफि हात पारेकी छन्। 

त्यस्तै सान्सौ तर्फ  यिङ्गयाङ्ग उसु क्वानका रेशमा तामाङ्गले उत्कृष्ट महिला खेलाडी भईन भने काठमाडौं उसु क्वानका नवीन माझी उत्कृष्ट पुरुष खेलाडी हुन सफल भएका छन्। 

दसरथ रङ्गसालामा आयोजना भएको उक्त प्रतियोगितामा तीसदेखि बत्तिस केजी तौलमा आसिर्या देसारले स्वर्ण पदक जित्न सफल भएकी हुन् । 

कार्यक्रमका विशेष अतिथि राजिव महर्जनले भने, “यस प्रतियोगिताले नयाँ खेलाडीहरलाई उसु खेलप्रति थप उर्जा थपिएको र लामो समय उसु खेलको कुनै पनि प्रतियोगिता नभएको अवस्थामा एउटा क्वानले यस्तो खालको प्रतियोगिता गराएर उसु खेलको विकासमा ठूलो टेवा पु–याएको महशुस गरेको छु।”  
 



Published Date: 2021-10-07 22:38:00
Nepal Oil Corporation Nepal Airlines
Comments
Ncell