Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू-भागका सडक अवरुद्ध
वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू-भागका सडक अवरुद्ध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २०, २०७९

काठमाडौं।  बडादशैंको महानवमीदेखि परेको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको काठमाडौं उपत्यका लगायत पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएको हो। वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्ने क्रम जारी रहेको छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निरन्तर वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू–भागका सडक अवरुद्ध भएका छन् ।

काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ ।

उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । यसैबीच, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन बढी घर डुबानमा परेका छन् । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३ सय भन्दा बढी घर डुबानमा परेका हुन् ।

घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

त्यस्तै,बर्दियाको बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया(नेपालगन्ज सडक खण्ड डुबानमा परेको छ । गुलरिया(११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा जोखिम बढेपछि आउजाउ रोकिएको छ । बाढीले सडक माथि करिब २ मिटर भन्दा बढी पानी बगेको छ । पूर्वबाट पश्चिम आउजाउ गर्ने सबै सवारी साधन र मानिसलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रमा पानी परेकोले बबई उच्च जोखिममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कतामा रहन आग्रह गरिएको छ । बाढीले सयौं बिघा खेतमा लगाइएको धानबाली क्षति पुर्याएको स्थानीयले बताएका छन् । लगातार पहाडी भू(भागमा पानी परेकोले बबइमा जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । वालापुरका ५० भन्दा बढी घर सुरक्षित स्थानमा सरेका छन् ।

डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालित भएका छन् । यता, लगातारको वर्षाको कारण नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको छ । जसकारण बाढीको उच्च जोखिम बढेको छ । पानीको बहाब बढेपछि बिहिबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए ।

पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको छ । निरन्तरको वर्षाले कैलालीको धनगढी जलमग्न बनेको छ । बुधबारदेखिको निरन्तरको वर्षाले धनगढीका अधिकांश भूभाग डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उचित ढल निकास नहुँदा धनगढीको मुख्य सडकसमेत डुबानमा परेको छ ।

अहिले मुख्य सडकका पसल बन्द छन् । धनगढीको मुख्य सडक डुबानमा परेपछि पार्क चौकबाट सडक डाइभर्सन गरिएको छ । अविरल वर्षाको कारण मुलुकको पश्चिमी भू–भागका सडक अवरुद्ध भएका छन् । ३ दिनदेखिको अविरल वर्षाका कारण तानसेन–रिडी–तम्घास सडकखण्डको जोर्ते नजिकै पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । पाल्पाको रिब्दीकोट–२, खस्यौलीको जोर्ते क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँची, पाल्पा र बुटवलका यात्रु अलपत्र परेका छन् । त्यस्तै,गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी(जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

कतिपय स्थानमा सडक भासिएको छ । यसैगरी, म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले,गुइठे भीर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ । यता बेनी–मालढुङ्गा–पोखरा सडक पनि बीचबीचमा अवरुद्ध भएको छ ।

बिहिबार बिहान नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलोमा पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसोदेखि सुचारु भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ५ नामी साप्ताहिक
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्