Top Navigation
Main Navigation
शनिबार, कात्तिक २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, कात्तिक २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू-भागका सडक अवरुद्ध
वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू-भागका सडक अवरुद्ध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २०, २०७९

काठमाडौं।  बडादशैंको महानवमीदेखि परेको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मुख्यगरी वर्षाले मुलुकको काठमाडौं उपत्यका लगायत पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएको हो। वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्ने क्रम जारी रहेको छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निरन्तर वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू–भागका सडक अवरुद्ध भएका छन् ।

काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ ।

उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । यसैबीच, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन बढी घर डुबानमा परेका छन् । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३ सय भन्दा बढी घर डुबानमा परेका हुन् ।

घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

Nepal Oil Corporation

त्यस्तै,बर्दियाको बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया(नेपालगन्ज सडक खण्ड डुबानमा परेको छ । गुलरिया(११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा जोखिम बढेपछि आउजाउ रोकिएको छ । बाढीले सडक माथि करिब २ मिटर भन्दा बढी पानी बगेको छ । पूर्वबाट पश्चिम आउजाउ गर्ने सबै सवारी साधन र मानिसलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रमा पानी परेकोले बबई उच्च जोखिममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कतामा रहन आग्रह गरिएको छ । बाढीले सयौं बिघा खेतमा लगाइएको धानबाली क्षति पुर्याएको स्थानीयले बताएका छन् । लगातार पहाडी भू(भागमा पानी परेकोले बबइमा जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । वालापुरका ५० भन्दा बढी घर सुरक्षित स्थानमा सरेका छन् ।

डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालित भएका छन् । यता, लगातारको वर्षाको कारण नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको छ । जसकारण बाढीको उच्च जोखिम बढेको छ । पानीको बहाब बढेपछि बिहिबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए ।

पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको छ । निरन्तरको वर्षाले कैलालीको धनगढी जलमग्न बनेको छ । बुधबारदेखिको निरन्तरको वर्षाले धनगढीका अधिकांश भूभाग डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उचित ढल निकास नहुँदा धनगढीको मुख्य सडकसमेत डुबानमा परेको छ ।

अहिले मुख्य सडकका पसल बन्द छन् । धनगढीको मुख्य सडक डुबानमा परेपछि पार्क चौकबाट सडक डाइभर्सन गरिएको छ । अविरल वर्षाको कारण मुलुकको पश्चिमी भू–भागका सडक अवरुद्ध भएका छन् । ३ दिनदेखिको अविरल वर्षाका कारण तानसेन–रिडी–तम्घास सडकखण्डको जोर्ते नजिकै पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । पाल्पाको रिब्दीकोट–२, खस्यौलीको जोर्ते क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँची, पाल्पा र बुटवलका यात्रु अलपत्र परेका छन् । त्यस्तै,गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी(जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

कतिपय स्थानमा सडक भासिएको छ । यसैगरी, म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले,गुइठे भीर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ । यता बेनी–मालढुङ्गा–पोखरा सडक पनि बीचबीचमा अवरुद्ध भएको छ ।

बिहिबार बिहान नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलोमा पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसोदेखि सुचारु भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
  • नंः ४ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
  • नंः ५ पार्टी विभाजन हल्ला मात्र हो
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्