Top Navigation
  • Contact
Main Navigation
आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मेहनत बिनाको सफलता : फल बिनाको आशा
मेहनत बिनाको सफलता : फल बिनाको आशा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १३, २०८३

भोलि परीक्षा छ भने आज पढेर मात्र सफल हुन्छ भन्ने आशा राख्नु मेहनत बिनाको सफलताको कल्पना हो । अहिलेका अधिकांश विद्यार्थीहरूको बानी यस्तै देखिन्छ । जीवनमा सफलता प्राप्त गर्ने चाहना सबैको हुन्छ । हरेक मानिस सुन्दर भविष्यको सपना देख्छ, सम्मानित जीवन बाँच्न चाहन्छ र समाजमा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छ ।

तर सपना देख्दैमा ती सपना पूरा हुँदैनन्। इच्छा राख्दैमा उपलब्धि हासिल हुँदैन र भाग्यलाई दोष दिएर समय बिताउँदैमा जीवनको गन्तव्य भेटिँदैन । सफलताको बाटोमा हिँड्न सबैभन्दा पहिले आवश्यक हुन्छ– मेहनत गर्ने साहस, असफलतासँग जुध्ने धैर्य र निरन्तर अघि बढिरहने दृढ सङ्कल्प।

प्रकृतिलाई नै हेरौँ, एउटा बीउले विशाल वृक्ष बन्न कति समय, सङ्घर्ष र अनुकूल वातावरणको प्रतीक्षा गर्नुपर्छ । किसानले खेतमा बीउ छरेर मात्र फसल पाउँदैन । उसले मलजल गर्नुपर्छ, गोडमेल गर्नुपर्छ र हरेक प्रतिकूलतासँग जुध्नुपर्छ ।

त्यसैगरी जीवनमा उपलब्धिको फल प्राप्त गर्न पनि समय, श्रम, लगनशीलता र समर्पण आवश्यक हुन्छ । रातारात सफल भएको देखिने व्यक्तिको पछाडि पनि वर्षौँको अभ्यास, त्याग र सङ्घर्ष लुकेको हुन्छ ।

आज समाजमा अरूको सफलता देखेर प्रभावित हुने तर त्यस सफलताका पछाडि रहेको मेहनत देख्न नचाहने प्रवृत्ति बढ्दै गएको छ । कसैले धन कमाएको देख्दा उसको सम्पत्तिको चर्चा गर्छौँ, कसैले प्रतिष्ठा कमाएको देख्दा उसको पद र पहिचानको प्रशंसा गर्छौँ ।

तर त्यो स्थानसम्म पुग्न उसले कति कठिनाइ भोग्यो, कति अवसर गुमायो र कति पटक आफूलाई सुधार्‍यो भन्ने कुरा बुझ्ने प्रयास कमै गर्छौँ । अरूको उपलब्धिसँग आफ्नो अवस्थाको तुलना गरेर निराश हुनुको सट्टा उनीहरूको यात्राबाट प्रेरणा लिन सक्नुपर्छ ।

मेहनतको अर्थ शारीरिक श्रम मात्र होइन । इमानदार सोच, समयको सदुपयोग, अनुशासन, जिम्मेवारीप्रतिको प्रतिबद्धता र आफ्नो कमजोरी स्वीकार गरेर सुधार गर्ने प्रयास पनि मेहनतकै रूप हुन् । असफलता आउनु हार होइन, बरु आफ्नो कमजोरी चिन्ने अवसर हो । एकपटक लड्दैमा यात्रा समाप्त हुँदैन । बरु लडेर उठ्ने साहसले नै मानिसलाई बलियो बनाउँछ ।

हामीले अर्को एउटा कुरा पनि बुझ्नुपर्छ– सफलता केवल धन, पद, प्रतिष्ठा र शक्तिको नाम होइन । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नु, परिवारप्रति कर्तव्य पूरा गर्नु, अरूको दुःखमा साथ दिनु, समाजका लागि उपयोगी बन्नु र आफ्नै आत्मसम्मान कायम राख्नु पनि सफल जीवनका सुन्दर उपलब्धि हुन् । मेहनतले कमाएको सानो उपलब्धिमा जुन आत्मसन्तुष्टि हुन्छ, त्यो अरूको कृपा वा देखावटी प्रतिष्ठाले दिन सक्दैन ।

त्यसैले अरूले के पाए भनेर होइन, आफूले के प्रयास गरिरहेको छु भनेर सोचौँ । अरूको सफलतामा ईष्र्या होइन, प्रेरणा खोजौँ । अवसरको प्रतीक्षा मात्र नगरौँ, आफ्नो कर्मबाट अवसर सिर्जना गरौँ । समयलाई दोष दिनुभन्दा समयको सदुपयोग गरौँ । किनकि समय बितेपछि पछुतो मात्र बाँकी रहन सक्छ, तर समयमै गरिएको मेहनतले भविष्यको बाटो निर्माण गर्छ ।

अन्त्यमा, याद राखौँ ,सफलता कुनै चमत्कार होइन, यो निरन्तर कर्मको परिणाम हो। पसिना नबगाई उपलब्धिको आशा गर्नु र बीउ नरोपी फलको प्रतीक्षा गर्नु उस्तै हो । भाग्यले अवसर दिन सक्ला, तर त्यो अवसरलाई उपलब्धिमा बदल्ने सामथ्र्य मेहनतले मात्र दिन्छ ।

त्यसैले सपना ठूलो देखौँ, सङ्कल्प बलियो बनाऔँ र कर्मलाई आफ्नो परिचय बनाऔँ । किनकि मेहनतले थाकेको शरीरले विश्राम खोज्न सक्छ, तर मेहनतबाट जन्मिएको उपलब्धिले जीवनभर आत्मसम्मान र सन्तुष्टि दिन्छ ।

नामी ई-पेपर

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्कान खातुन बनिन् सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी
मुस्कान खातुन बनिन् सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी बुधबार, मंसिर ९, २०८३
किन चक्रपथ विस्तारकाे काम अलपत्र
किन चक्रपथ विस्तारकाे काम अलपत्र मंगलबार, मंसिर ८, २०८३
स्वामी कमल नयनाचार्य मुक्तिनाथमा
स्वामी कमल नयनाचार्य मुक्तिनाथमा बुधबार, मंसिर २, २०८३
छठ घाटकाे तयारी तिब्र
छठ घाटकाे तयारी तिब्र बिहीबार, कात्तिक २६, २०८३
काठमाण्डूको बालगोपालेश्वरमा भाइटीका
काठमाण्डूको बालगोपालेश्वरमा भाइटीका बुधबार, कात्तिक २५, २०८३
नेपाल सम्वत् ११४७ काे हार्दिक शुभकामना
नेपाल सम्वत् ११४७ काे हार्दिक शुभकामना मंगलबार, कात्तिक २४, २०८३
गाईकाे पूजा गरी (गाई तिहार) पर्व मनाइयाे
गाईकाे पूजा गरी (गाई तिहार) पर्व मनाइयाे सोमबार, कात्तिक २३, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्ले (प्रथम महिला) द्वारा कुकुर पुजा
प्रधानमन्त्री पत्नी सविना काफ्ले (प्रथम महिला) द्वारा कुकुर पुजा आइतबार, कात्तिक २२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ईर्ष्या र अहंकारले विश्व ध्वस्त
  • नंः २ ग्रामीण सामुदायिक विद्यालयका बालबालिकामा : सम्भावना र चुनौती
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ थकित शरीरलाई उर्जाशील बनाउँने मसाज
  • नंः ५ किन चक्रपथ विस्तारकाे काम अलपत्र
विचार
ईर्ष्या र अहंकारले विश्व ध्वस्त
ईर्ष्या र अहंकारले विश्व ध्वस्त प्रज्ज्वल घिमिरे
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्