विक्षिप्त मानसपटल
बस्यो भएर अटल
जीवनको भारी बिसाउन दिनेले
मनसँग मन मिसाउन दिनेले
अकारण मलाई मास्न चाहनेहरूको
आवाज बनेर
मेरो निश्चल हाड र
छाला खनेर
रोप्दै अन्धकारको बीउ
रमाउँदा
नबिगारी कसैको
शत्रु कमाउँदा
बज्र बनी विक्षिप्त मानसपटल
बस्यो भएर अटल
पराइको माया पाएर
तिनकै लागि धाएर
गुन तिर्दा तिर्दै
खाएर औसीमा लात
लागेर बात
मन उज्यालीएर
अब कसरी हास्ला
मेरो नयाँ बिहानीसँगै उदाएको भाले
बृहस्पतिका लागि क्षितिज पारीबाट
अब कसरी बास्ला ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ १२:४५