Top Navigation
Main Navigation
बुधबार, मंसिर २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, मंसिर २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • योगवाट धेरै रोगको मुक्ति
योगवाट धेरै रोगको मुक्ति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज १३, २०७७

काठमाडौं। योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ । हरेक उमेर समूहका लागि योग आवश्यक छ । आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो।    

योगीहरुका अनुसार, योगको महत्व र योग कसले गर्ने, कुन–कुन रोगीले गर्न हुने र कुन समयमा गर्ने, योग कसलाई आवश्यक पर्छ कसलाई पर्दैन भन्ने मुख्य कुरा हो।

बालकको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि योगको आवश्यक हुन्छ। वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक/मानसिक सुसंगठनका लगि पनि योग चाहिन्छ।      

घरायसी कामकाजमा व्यस्त गृहिणीलाई पनि सन्तुलन बनाइराख्न योग आवश्यक हुन्छ भने कामकाजी मानिसलाई मानसिक शान्तिको निम्ति योगले औषधिको काम गर्छ । यसका साथै, कतिपय रोग उपचारको दृष्टिकोणले पनि योग आवश्यक छ ।      

योगका विभिन्न प्रक्रिया छन् । यी प्रक्रिया मध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग–प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ।

अहिले अष्टांग योगमा आधारित भएर संसार चलिरहेको छ । त्यस मध्ये आसन र प्रणायामप्रति धेरैको आकर्षण बढ्दो छ। 

एउटा व्यक्तिले एकैचोटि कुनै नियमको पालन गर्न नसके पनि आसन र प्रणायामलाई समात्न सक्छ। त्यसपछि भने उसले नियमको बिस्तारै पालन गर्न थाल्छ । त्यसपछि एउटा ध्यान उत्पत्ति हुन्छ र मुक्तिको बाटो प्राप्त गर्न सक्छ। 

प्राणायाम श्वासका माध्यमबाट गरिन्छ । श्वास कसरी लिने, श्वासलाई कसरी रोक्ने, कसरी छोड्ने, रोकेर कतिबेर राख्ने, देब्रे नासिकाबाट लिएको श्वासको प्रभाव के हुन्छ, दायाँबाट लिएको श्वासको प्रभाव के हुन्छ ? श्वास नियन्त्रणका यी विविध विधिले फरक-फरक प्रभाव हुन्छ।       

प्राणायाम एक हिसाबले अक्सिजन थेरापी हो । अक्सिजन लिइएन भने मानिसको मृत्यु हुन्छ, थोरै लियो भने बिरामी हुन्छ, पर्याप्त मात्रामा लियो भनेर शरीर सन्तुलित हुन्छ।

पर्याप्त अक्सिजनले शारीरिक र मानसिक रोग समेत निको हुन्छ । त्यसैले शरीरमा पर्याप्त अक्सिजनको आपूर्ति गराउने प्राणायाम सबैका लागि आवश्यक छ ।     

प्रणायाम मानसिक सन्तुलनका लागि अचुक औषधि सरह हो । कुनै पनि विधिबाट सञ्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्नेछ । 

मानिसलाई खाना र लुगा जरुरी भए जस्तै स्वस्थ जीवनयापनका लागि योग आवश्यक हुन्छ। हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी भयो भने बिरामी परिने भएकाले आवश्यक अक्सिजन उपलब्ध गराउन योग प्रभावकारी हुन्छ । यसले शरीरमा भएका तन्तुहरुलाई सवल पार्ने गर्दछ।        

अर्को दृष्टिले हेर्दा योगले हाम्रो धन र समय पनि जोगाउँछ । हामी बिरामी भएर अस्पताल गयौं भने समयका साथै धन पनि खर्च हुन्छ ।

योगले विभिन्न रोग लाग्ने सम्भावनाबाट टाढा राख्ने भएकाले धन र समयको बचत हुन्छ । बिरामी पर्नुभन्दा पहिले नै योग गर्यौं भने धेरै रोगबाट मुक्ति पाउन सकिन्छ। योगले हामीभित्र सकारात्मक सोचको विकास गराउँछ।

यसका लागि हरेक बिहान योग गर्नुपर्छ। बिहानै खाली पेटमा योग गरेमा शरीरलाई धेरै फाइदा मिल्छ। ब्रह्ममुहूर्त अर्थात् बिहान ४ देखि ५ बजेको समयमा पृथ्वीमा अक्सिजनको मात्रा बढी हुन्छ। त्यसैले उक्त समयमा खुला ठाउँमा बसेर योग गरियो भने धेरै लाभ प्राप्त हुन्छ। 

प्राणायाम कति समयसम्म गर्ने भन्ने अन्यौल धेरैमा हुने गर्छ । सामान्यतया हरेक बिहान कम्तीमा आधा घण्टा योग गर्न सकिन्छ । आफ्नो शरीरका लागि एकदेखि डेढ घण्टा समय दिन सक्यौं भने हामी निरोगी हुन्छौं।

यदि कोही बिरामी छ भने कति समयसम्म योग गर्ने र कुन प्रकारको गर्ने भन्ने विषयमा योग शिक्षकसँग परामर्श लिनु उचित हुन्छ । 


(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ५ बैंकर नारायणदास मानन्धरको निधन
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्