Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • योगवाट धेरै रोगको मुक्ति
योगवाट धेरै रोगको मुक्ति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असोज १३, २०७७

काठमाडौं। योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ । हरेक उमेर समूहका लागि योग आवश्यक छ । आजको भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो।    

योगीहरुका अनुसार, योगको महत्व र योग कसले गर्ने, कुन–कुन रोगीले गर्न हुने र कुन समयमा गर्ने, योग कसलाई आवश्यक पर्छ कसलाई पर्दैन भन्ने मुख्य कुरा हो।

बालकको शारीरिक विकास र विद्यार्थीको बौद्धिक विकासका लागि योगको आवश्यक हुन्छ। वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक/मानसिक सुसंगठनका लगि पनि योग चाहिन्छ।      

घरायसी कामकाजमा व्यस्त गृहिणीलाई पनि सन्तुलन बनाइराख्न योग आवश्यक हुन्छ भने कामकाजी मानिसलाई मानसिक शान्तिको निम्ति योगले औषधिको काम गर्छ । यसका साथै, कतिपय रोग उपचारको दृष्टिकोणले पनि योग आवश्यक छ ।      

योगका विभिन्न प्रक्रिया छन् । यी प्रक्रिया मध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग–प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ।

अहिले अष्टांग योगमा आधारित भएर संसार चलिरहेको छ । त्यस मध्ये आसन र प्रणायामप्रति धेरैको आकर्षण बढ्दो छ। 

एउटा व्यक्तिले एकैचोटि कुनै नियमको पालन गर्न नसके पनि आसन र प्रणायामलाई समात्न सक्छ। त्यसपछि भने उसले नियमको बिस्तारै पालन गर्न थाल्छ । त्यसपछि एउटा ध्यान उत्पत्ति हुन्छ र मुक्तिको बाटो प्राप्त गर्न सक्छ। 

प्राणायाम श्वासका माध्यमबाट गरिन्छ । श्वास कसरी लिने, श्वासलाई कसरी रोक्ने, कसरी छोड्ने, रोकेर कतिबेर राख्ने, देब्रे नासिकाबाट लिएको श्वासको प्रभाव के हुन्छ, दायाँबाट लिएको श्वासको प्रभाव के हुन्छ ? श्वास नियन्त्रणका यी विविध विधिले फरक-फरक प्रभाव हुन्छ।       

प्राणायाम एक हिसाबले अक्सिजन थेरापी हो । अक्सिजन लिइएन भने मानिसको मृत्यु हुन्छ, थोरै लियो भने बिरामी हुन्छ, पर्याप्त मात्रामा लियो भनेर शरीर सन्तुलित हुन्छ।

पर्याप्त अक्सिजनले शारीरिक र मानसिक रोग समेत निको हुन्छ । त्यसैले शरीरमा पर्याप्त अक्सिजनको आपूर्ति गराउने प्राणायाम सबैका लागि आवश्यक छ ।     

प्रणायाम मानसिक सन्तुलनका लागि अचुक औषधि सरह हो । कुनै पनि विधिबाट सञ्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्नेछ । 

मानिसलाई खाना र लुगा जरुरी भए जस्तै स्वस्थ जीवनयापनका लागि योग आवश्यक हुन्छ। हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी भयो भने बिरामी परिने भएकाले आवश्यक अक्सिजन उपलब्ध गराउन योग प्रभावकारी हुन्छ । यसले शरीरमा भएका तन्तुहरुलाई सवल पार्ने गर्दछ।        

अर्को दृष्टिले हेर्दा योगले हाम्रो धन र समय पनि जोगाउँछ । हामी बिरामी भएर अस्पताल गयौं भने समयका साथै धन पनि खर्च हुन्छ ।

योगले विभिन्न रोग लाग्ने सम्भावनाबाट टाढा राख्ने भएकाले धन र समयको बचत हुन्छ । बिरामी पर्नुभन्दा पहिले नै योग गर्यौं भने धेरै रोगबाट मुक्ति पाउन सकिन्छ। योगले हामीभित्र सकारात्मक सोचको विकास गराउँछ।

यसका लागि हरेक बिहान योग गर्नुपर्छ। बिहानै खाली पेटमा योग गरेमा शरीरलाई धेरै फाइदा मिल्छ। ब्रह्ममुहूर्त अर्थात् बिहान ४ देखि ५ बजेको समयमा पृथ्वीमा अक्सिजनको मात्रा बढी हुन्छ। त्यसैले उक्त समयमा खुला ठाउँमा बसेर योग गरियो भने धेरै लाभ प्राप्त हुन्छ। 

प्राणायाम कति समयसम्म गर्ने भन्ने अन्यौल धेरैमा हुने गर्छ । सामान्यतया हरेक बिहान कम्तीमा आधा घण्टा योग गर्न सकिन्छ । आफ्नो शरीरका लागि एकदेखि डेढ घण्टा समय दिन सक्यौं भने हामी निरोगी हुन्छौं।

यदि कोही बिरामी छ भने कति समयसम्म योग गर्ने र कुन प्रकारको गर्ने भन्ने विषयमा योग शिक्षकसँग परामर्श लिनु उचित हुन्छ । 


(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्