Top Navigation
Main Navigation
बुधबार, माघ १५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ १५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जोरविजोर प्रणाली हट्यो, साना गाडीमा कायमै
जोरविजोर प्रणाली हट्यो, साना गाडीमा कायमै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ १५, २०७८

काठमाडौ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो। 

यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन।

सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ। लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ। 

अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ। आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू हुने छैन। 

खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ। 

निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ। परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ। 

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ।

आदेशमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको र जिल्ला भित्रका सबै सार्वजनिक तथा सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध गर्न भनिएको छ। 

सकेसम्म विद्युतीय प्रणालीबाट सेवा दिन भनिएको छ। कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउन अनुरोध गरिएको छ। 

सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटशल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्न/नगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ। 

शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्र्नुपर्ने छ। 

जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ। 

आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर्स, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्नै छ। तर उनीहरूसँग पूर्ण खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि हुने) हुनु पर्नेछ। 

पार्टी प्यालेसमा एकपटकमा कूल क्षमताको एक चौथाइ नबढ्ने गरी प्रजिअबाट पूर्वस्वीकृित लिई विवाह, व्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न पाइने छ।

सबै प्रकारका व्यवसायमा हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्रै काममा खटाउनुपर्नेछ ।

होटल रेष्टुरेण्टको हकमा स्वास्थ्यका सबै मापदण्ड पालना गरी/गराई कूल क्षमताको आधाभन्दा बढी नहुने गरी र एक पटकमा २० जना नबढ्ने गरी कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ। 

यसरी प्रवेश गर्दा खोपको मात्रा पूरा गरेका मानिस हुनुपर्नेछ। होटलमा चेक इन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टाभित्र आफ्नो बास बस्ने हरेक ग्राहकको होटलले नै एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु आदेशमा भनिएको छ। 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०८:४९
##Vehicle
प्रतिक्रिया दिनुहोस्
थप समाज
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ? मंगलबार, माघ १४, २०८२
कस्ताे रहला आज र भोलि देशभर माैसम ?
कस्ताे रहला आज र भोलि देशभर माैसम ? मंगलबार, माघ १४, २०८२
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै आइतबार, माघ १२, २०८२
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ? शनिबार, माघ ११, २०८२
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप शुक्रबार, माघ १०, २०८२
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै शुक्रबार, माघ १०, २०८२
सशस्त्र प्रहरीकाे रजत महोत्सव विशेष समारोह 
सशस्त्र प्रहरीकाे रजत महोत्सव विशेष समारोह  शुक्रबार, माघ १०, २०८२
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा 
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा  मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर–२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर–२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्