Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तीव्र यौन चाहनाबाट कसरी छुटकारा पाउने ?
तीव्र यौन चाहनाबाट कसरी छुटकारा पाउने ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २५, २०७७

सद्‌गुरु यस्तो विषयमा खुलेर चर्चा गर्दैछन् कि जसको बारेमा कुरा गर्नु गलत ठानिन्छ, तर यो आध्यात्मिक मार्गमा हिँड्नेहरूका निम्ति निकै सान्दर्भिक र महत्त्वपूर्ण हुन सक्छ ।

प्रश्नकर्ताः म आफ्नो तीव्र यौन चाहनाहरूबाट कसरी छुटकारा पाउन सक्छु ?

सद्‌गुरु : हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न। यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ। तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ। सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको सट्टा किताब पढ्न रुचाउँछन् ।

जब तपाईं कुनै विशाल चिज अनुभव गर्नुहुन्छ, जसले तपाईंलाई निकै बढी सुख दिन्छ, परम–आनन्दमा पुऱ्याउँछ, तब स-साना सुखहरू स्वतः छुट्नेछन्।

कामवासना र यौन सम्बन्धलाई तपाईंले यसरी पछ्याउनुको कारण के हो भने, यतिखेर तपाईंको निम्ति त्यही सबैभन्दा परम सुख हो। यदि तपाईंलाई कसैले यो गलत हो, त्यसलाई त्यागू भन्छन् भने, के तपाईं त्यसलाई त्याग्नुहुन्छ र? तर, यदि तपाईंले त्योभन्दा उच्च आनन्द चाख्नुभयो भने, तपाईंलाई कसैले त्यो कुरा त्याग्न भनिरहनु पर्ला र? त्यो आफैँ छुट्नेछ। अत: तपाईंले अलिकति समय केही आवश्यक कार्यहरूमा खर्चिनुपर्ने हुन्छ, जसले गर्दा एउटा विशाल सम्भावना तपाईंको निम्ति यथार्थ बन्नेछ। जब तपाईं कुनै विशाल चिज अनुभव गर्नुहुन्छ, जसले तपाईंलाई निकै बढी सुख दिन्छ, परम–आनन्दमा पुऱ्याउँछ, तब स-साना सुखहरू स्वतः छुट्नेछन्। तपाईंले त्यसलाई त्याग्नुभएको हुँदैनस कुरा यत्ति हो कि तपाईं अब त्यो काम गर्नुहुन्न, किनकि तपाईंले आफ्नो निम्ति निकै विशाल कुरा पाउनुभएको छ ।

यो कुरा तपाईंको जीवनका कैयौँ पक्षहरूमा घटेका छन् । तपाईं बच्चा छँदा जुन चिजहरू पूरै संसार बराबर लाग्दथे, ती सबै छुटेर गए किनकि तपाईंले यस्तो कुरा पाउनुभयो जुन तपाईंको निम्ति पहिलेको भन्दा उच्च थियो । यहाँ पनि सोही कुरा लागू हुन्छ। जब तपाईं कुनै यस्तो चिजको सम्पर्कमा आउनुहुन्छ, जसमा असाध्यै तिव्रता छ, जसले तपाईंलाई निकै बढी सुख वा भनौँ परम–आनन्द दिन्छ, तब यी यावत् कुराहरू आफैँ जानेछन् ।

कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो । फोस्रो र बेतूकको नैतिकताले गर्दा नै मानिसहरू यौन र त्यससम्बन्धी विषयहरूमा अत्यधिक लिप्त भएका हुन्, किनकि उनीहरू त्यसलाई जबर्जस्ती छोड्न खोजिरहेका छन्।

कामवासना, तपाईंभित्रको सानो हिस्सा मात्र हो । फोस्रो र बेतूकको नैतिकताले गर्दा नै मानिसहरू यौन र त्यससम्बन्धी विषयहरूमा अत्यधिक लिप्त भएका हुन्, किनकि उनीहरू त्यसलाई जबर्जस्ती छोड्न खोजिरहेका छन्।

जब तपाईं पुरुष वा स्त्री भन्नुहुन्छ, त्यो एउटा सानो शारीरिक भिन्नता मात्र हो, जसद्वारा खास प्राकृतिक प्रक्रिया पूरा गर्न सकिन्छ। हामीले शरीरको एउटा भागलाई किन यति धेरै महत्त्व दिइरहेका छौँ"? वास्तवमा, शरीरको कुनै पनि भागलाई त्यस हदसम्मको महत्त्व दिन जरूरी छैन। तर, यदि शरीरको कुनै भागलाई त्यस हदसम्म महत्त्व दिनु नै छ भने, दिमाग त्यसको लागि योग्य हुनेछ, यौन अङ्गहरू होइनन्।

दुर्भाग्यवश, सबैथोक उल्टो भइरहेको छ, किनकि जताततै बकम्फुसे पाठहरू पढाइँदैछ, तपाईं पवित्र हुनुपर्छ, तपाईंले यसको बारेमा सोच्नुहुँदैन। यस्तै मूर्खतापूर्ण शिक्षाहरूले मानिसहरूको दिमाग भरिएको छ अनि उनीहरू पूरै भद्रगोल बनेका छन्।

जीवन वास्तवमा जस्तो छ, यसलाई मानिसहरूले त्यही रूपमा हेर्ने हो भने, कामवासना आफ्नो उचित ठाउँमा रहने थियो-तपाईंको जीवनमा एउटा सानो स्थान ओगट्ने थियो, यति विशाल पक्ष बन्ने थिएन। त्यो त्यसरी रहनुपर्छ। हरेक प्राणीमा यो त्यसरी नै रहेको हुन्छ। जनावरहरू जतिबेला पनि त्यसको बारेमा सोचिरहँदैनन्।

जब उनीहरूमा त्यसको आवश्यकता हुन्छ, त्यो व्यक्त हुन्छ । अरू समयमा उनीहरू निरन्तर यो विचारमा फस्दैनन् कि को भाले हो, को पोथी हो? मानिसहरू मात्रै त्यसमै अल्झिरहेका छन् । एक पलको लागि पनि उनीहरू त्यसलाई छोड्न सक्दैनन्। यसको कारण के हो भने, जीवनसँग सरोकार नै नराख्ने वाहियात नैतिकता र मूर्खतापूर्ण शिक्षाहरू उनीहरूभित्र घुसेका छन्।

जीवन जस्तो छ, यसलाई त्यही रूपमा हेर्न सकेको भए, अधिकांश मानिसहरू छोटो समयमै त्यसबाट बाहिर निस्किने थिए। कैयौँ मानिसहरू त्यसमा नफसिकनै त्यसबाट बाहिर निस्किन सक्छन् । जीवनलाई अनुपयुक्त ढङ्गले हेरिएकोले सबैथोक विकृत भएको छ अनि बढाइ–चढाइ गरिएको छ, कुरा त्यत्ति हो । त्यसो नभएको भए, तपाईंले देख्नुहुने थियो कि मानिसहरूको आबादीको ठूलो हिस्सालाई यी सबै कुराहरूमा रुचि नै हुने थिएन अथवा उनीहरूमा कहिलेकाहिँ मात्र त्यसप्रति रुचि हुने थियो-मानिसहरूको जीवनमा कामवासना त्यति बढी महत्त्वपूर्ण हुने थिएन, जति अहिले छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्