Top Navigation
Main Navigation
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असार २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जयकला बस्नेतको कृषि क्रान्तिमा बेजोड जोश
जयकला बस्नेतको कृषि क्रान्तिमा बेजोड जोश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर ६, २०७७

     काठमाडौं। विषादीमुक्त परम्परागत रुपमा उत्पादन गरेका अर्गानिक खाद्य सामाग्री तथा तरकारी सामान्यभन्दा अलि महंगो भएतापनि स्वास्थ्यको लागि अति गुणकारी हुने गर्दछ। स्वास्थ्य राम्र्रो हुने भएको कारण अनाहकमा विरामी बनेर अस्पातालको महंगो बिल तिर्नुपर्ने तथा औषधि खानुपर्ने विविध समस्या आएमा अझ धेरै महंगो हुने तथ्य यथार्थ छ। 


     यसकारण विषादीमुक्त कृषि क्रान्तिको आवश्यकता भएको छ। विना विषादी फलाएका उन्नत कृषि उपजलाई बजारिकरण गर्न र गराउन आवश्यक भैसकेको छ। यो बजारको खोजी गर्ने र गराउने कार्यमा काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार विनायक बस्ती स्थित मनमुरी कृषि सहकारी संस्था लिमिटेडले गर्दैआएको  संस्थाकी अध्यक्ष जयकला बस्नेतले खुलासा गरेकी छन्।


     आयातित रसायनिक पदार्थ प्रयोग गरिएका खाद्य सामाग्री तथा तरकारी खानुभन्दा दुई पैसा महंगै तिरेर भएपनि आफ्नै गाउँठाउंमा गाईबस्तुको मल प्रयोग गरेर उत्पादन गरेका अर्गानिक कृषि उपज बजारलाई प्रोत्साहन दिन नै मनमुरी कृषि उपज बजारको गोठाटारमा विगत तीन वर्षदेखि संचालन गरेर बेग्लै प्रतिष्ठा कायम गर्न र गराउन मनमुरी कृषि सहकारी संस्था लिमिटेड सफल भएको जानकारी पनि अध्यक्ष जयकला बस्नेतले दिएकी छन्। 

Nepal Oil Corporation


     १४ जना महिला दिदीबहिनीहरुको अगुवाईमा स्थापना भएको मनमुरी कृषि सहकारी संस्थाको नारा नै उत्पादनदेखि उपभोक्तासम्म र नून देखि सुनसम्म रहेको जानकारी पनि अध्यक्ष जयकला वस्तेले भनेकी छन्। अध्यक्ष बस्नेतको नेतृत्वमा मनमुरी कृषि सहकारी देखि मनमुरी कृषि उपज बजार संचालन भैरहेको छ। 


      ५ सय ५० सहकारी सदस्य भएको मनमुरी कृषि सहकारी संस्था र बजारलाई सहकारीको मूल उदेश्य र मान्यतालाई आत्मसात गरेर आफूहरु अगाडि बढ्रिहेको जानकारी पनि अध्यक्ष बस्नेतले दिएकी छन्। कार्यसमिति तथा नेतृत्व सवै महिलाकै भएको अनुकरणीय संस्थाको रुपमा अध्यक्ष बस्नेतले अगाडि बढाउने कार्य भएको छ। महिलाहरुले पनि गरेमा सकिन्छ भन्ने उदाहरण पनि मनमुरी कृषि सहकारी संस्था र मनमुरी कृषि उपज बजार बनेको छ। 


      मनमुरी कृषि उपज बजारले कोरोनाको महामारीमा सात महिनाभन्दा लामो लकडाउनको अवस्थामा पनि अर्गानिक खाद्य सामाग्रीको अलावा हरिया ताजा तरकारी सहज र सरल रुपमा उपलव्ध गराउने व्यवस्था गरेर व्यापक प्रशंशा पाएको छ। मनमुरी कृषि उपज बजारले कागेश्वर मनहरा नगरपालिकाको अलावा काठमाडौ महानगरपालिका, मध्यपुरथिमी नगरपालिकासम्म पनि सेवा पु¥याउन कार्य गरेको छ। यहाँवाट विभिन्न स्थानहरुमा होम डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको अध्यक्ष जयकला बस्नेतले भनेकी छन्।

 


       ४ रोपनी ६ आना जग्गा क्षेत्रफलमा बनेको मनमुरी कृषि उपज बजारले स्थानीयलाई निक्कै सहज र सरलता प्रदान गर्ने कार्य गरेको छ। जसवाट कृषि उपजले सही बजार पाएको छ भने, उपभोक्ताले गुणस्तरीय अर्गानिक कृषि उपज उपभोग गर्न पाएका छन्। थोरै समयमा राम्रो उपलव्धी हासिल गर्न र गराउन सफल मनमुरी कृषि उपज बजारको अगुवाइ गर्ने मनमुरी कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष जयकला बस्नेतको जन्म उदयपुर जिल्ला स्थित बेलका नगरपालिकामा भएको हो।


       नेपाल आमाको आँशु पुछ्न जन्मेकी सफल नारी जयकला बस्नेत सानैदेखि विलक्षण प्रतिभाकी धनी तथा निडर र निर्भिक स्वभावकी थिइन्। सोही निडरताका कारण घरकै चुलोचौकामा बस्न बाँध्य भएका र बाँध्य बनाएका महिला दिदीबहिनीहरुको उत्थानको लागि नै लागिपर्ने मूल मार्गका रुपमा कृषिलाई नै रोजेर जयकला अगाडि बढे्अनुरुप सफल बनेकी छन्। एसएलसी पश्चात खोटाङका प्रतिष्ठित व्यक्तित्व डम्बर बहादुर बस्नेतसंग प्रेम विवाह गरेर काठमाडौं जिल्लाको गोठाटार आएपछि कृषि व्यवसाय नै अगालेकी थिइन्। 


      कृषकलाई मलखादको अत्यन्त आवश्यक भएको कुरालाई महशुश गरेर कृषि अर्गानिक मलखाद बनाउने तालिम संचालन गरेर अर्गानिक मलखादको आवश्यकतालाई पूर्ति गर्न धेरै मदत गर्ने कार्य जयकला बस्नेतवाट भएको थियो। त्यसको लगतै गोठाटारमा सात रोपनी जमिन भाडामा लिएरै भएपनि अर्गानिक कृषि फार्म खोलेर नमूना कृषक बन्ने कार्य जयकला बस्नेतवाटै भएको हो। 


      बाँझो बनेका जमिनमा कृषि फार्म खोलेर तथा खोल्न लगाएर धेरैलाई प्रोत्साहन गरेर कृषि क्रान्तिको अभियान नै थालनी गरेकी जयकलाको कृषि क्रान्तिलाई सवैले सहयोग र प्रोत्साहन गर्ने कार्य भएवाट जयकलामा अझ उत्साह र जाँगर मिलेको हो। सोही उत्साह तथा प्रेरणवाट कृषि क्रान्तिको अभियन्ता नै बनेर यसतर्फ लागेकी जयकलाले कृषकहरुलाई थप उत्साह जगाउन कृषि गीत नै गाएर कृषि एल्बम निकाल्ने कृषि गीतकी गायिका पनि बन्न सफल भइन्। 


      किसानले उत्पादन गरेको तरकारी दलालहरु मार्फत बेच्नुभन्दा आफै बजार खोलेर किन नबेच्ने भनेर सामूहिक बजार खोलेको वताउने जयकला बस्नेत वताउंछिन्।  मनमुरी कृषि उपज बजारलाई अझै बिस्तार गर्ने योजनामा रहेकी जयकला बस्नेत सरकारले अनुदान दिए कृषि उपज बजार हातामै दुग्ध चिस्यान केन्द्र खोल्ने योजनामा रहेकी छन्। कृषि महोत्सबको आयोजना गरेर विकटदेखि सुगमसम्मका कृषकहरुलाई प्रोत्साहन गर्ने आफूहरुसंग मास्टर प्लान रहेको वताउने जयकला कृषि उपज बजारवाट मात्र प्रत्यक्ष रुपमा १ सय १० जनाले रोजगारी पाएको तथा अप्रत्यक्ष त हजारौंलाई रोजगारी मिलेको भन्छिन्। 


      देश विकासको मूलआधार कृषि भएको र विदेशवाट स्वदेश फर्केका तन्नेरीहरुलाई पनि कृषिमा लाग्न आफूहरुले प्रोत्साहित पार्दैआएको जयकलाले भनेकी छन्। समृद्ध नेपाल वनाउने मूलआधार नै कृषि भएको कारण कृषिलाई सरकार र संवन्धित सवैले प्रोत्साहन, अनुदान र सहयोग गर्न अनुरोध पनि जयकला बस्नेतले गरेकी छन्। 


      सहकारी अवधारणा अनुरुप कृषि क्रान्तिमा लागेकी जयकला बस्नेतले कृषकलाई आवश्यक कृषि ऋण उपलव्ध गराउने देखि अर्गानिक मलखाद, उन्नत जातका बीउबिजन तथा मेशिनरी सामान उपलव्ध गराउने र कृषकलाई बचत गर्न प्रोत्साहन गर्ने जस्ता अनेक योजना तथा अवधारणा ल्याउने कार्य गर्दैआएकी छन्। जयकला बस्नेतमा कृषि क्रान्तिमा बेजोड जोश नै रहेको छ। त्यो जोशमा सवै कृषककलाई उन्नत बनाएर समृद्धशाली बनाउने अठोटमा जयकला बस्नेत रहेकी छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाज
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु बिहीबार, असार २६, २०८२
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती बिहीबार, असार २६, २०८२
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान बिहीबार, असार २६, २०८२
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ?
असारकाे तेस्राे हप्ता लाग्दा कति भयाे धान रोपाइँ ? बुधबार, असार २५, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्