Top Navigation
Main Navigation
बिहीबार, कात्तिक ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, कात्तिक ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  •   निदाएको बेला घुर्न रोग नभएपनि समस्या
  निदाएको बेला घुर्न रोग नभएपनि समस्या
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर ६, २०७७

     काठमाडौं। सामान्य तथा मस्त निदाएको बेला हिजोआज धेरैको घरमा घुर्नेको कमी भने देखिएको छैन्। अझ मध्यराति घुराइको प्राय घरमा प्रतिस्पर्धा जस्तो नै हुने गरेको छ। घुराई आफसे आफ निस्कने एक प्रकारको आवाज हो। निदाएको बेला सास लिँदा निस्कने आवाज नै घुर्नु (स्नोरिङ) हो।


     सामान्यतयाः निदाएका बेला घुर्नु कुनै रोगको परिभाषाभित्र नपर्ने हाडजोर्नी वशेषज्ञ डाक्टर गोविन्द केसीको भनाइ छ। डाक्टर केसीका अनुसार, यस्तो बेला घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ, न दुखाइ, न खान नरुच्ने नै हुन्छ। उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने पनि पत्तो पाउँदैन। यसले सँगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असरमात्रै पार्ने काम गर्छ।


     पछिल्लो समय वैज्ञानिकहरूले घुराइ आफैंमा रोग नभए पनि रोगको संकेत हो भनेर भनेका छन्। बढी घुर्ने व्यक्तिमा कुनै न कुनै समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने वैज्ञानिकहरूको तर्क छ। त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थ्यमा बढी चनाखो हुन जरुरी छ। हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणालीमध्येको एक पाचन प्रणाली हो । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेटसम्म पुगेको हुन्छ। त्यस्तै, अर्को महत्वपूर्ण प्रणाली श्वासप्रश्वास प्रणाली मानिन्छ।


    त्यसको अंग पनि नाकबाट जोडिएर पेटसम्म पुगेको हुन्छ। यी दुई छुट्टाछुट्टै प्रणाली भए पनि यसका अंगको कतिपय भागले एउटै काम गरेको हुन्छ। त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्र्याक’ भनिने गरेका छ। हामी मुखले पनि स्वास लिन्छौं र नाकले पनि। नाकबाट जाने श्वासनली र मुखबाट जाने अन्ननली रुद्रघण्टीमुनि पुगेपछि मात्रै आ–आफ्नो प्रक्रियाका लागि छुट्टिन्छन्।

Nepal Oil Corporation


      त्यसभन्दा माथिको भागमा एकैरूपमा आउँछ। त्यही भागलाई हामी ‘एरो डाइजेस्टिक ट्र्याक’ भनिन्छ। श्वासप्रश्वास प्रक्रियामा जब त्यही (एरो डाइजेस्टिक ट्र्याक) भागमा अवरोध हुन्छ, मान्छे घुर्न थाल्छ। मुखको ठ्याक्कै पछाडि भएको जिब्रोभन्दा माथि र तालुभन्दा तल घाँटीको भाग (मुखेघाँटी) भनिन्छ । त्यस्तै, त्यसभन्दा मुनि रुद्रघण्टीभन्दा पछाडिको अर्को भाग जसलाई नाकेघाँटी भनिन्छ। यी भागमा कुनै पनि कारणले समस्या आए मान्छे घुर्न थाल्छ।

कस्ता व्यक्ति बढी घुर्छन ?
– नाकमा समस्या भएका व्यक्ति।
– तालुको समस्या भएका व्यक्ति।
– लिगलिगे (मुखको भित्री भागमा झुन्डिएको सानो मासुको भाग) मा समस्या भएका व्यक्ति।

अन्य कारण ?
– नाकभित्रको मासु सुन्निएको छ भने।
– नाकको डाँडी टेढो छ र श्वास फेर्न बाधा पुगेको छ भने।
– नाकमा मासु पलाएको (पालिक) छ भने।
– तालु (प्यालेट) सुन्निएको छ भने।
– लिगलिगे मोटो भएमा।
– मुखेघाँटीको भाग साँघुरियो भने।
– नाकेघाँटीको भाग साँघुरियो भने।

घुर्नुका अरू कारण 
    मानिसलाई घुर्ने बनाउने एकप्रकारको रोग पनि हुन्छ। त्यसलाई ‘स्लिप अप्निया सिन्ड्रम’ वा ‘अक्सट्रप्टिभ अप्निया सिन्ड्रम’ भनिन्छ। यो रोग लागेका व्यक्ति दिउँसो पनि बढी निदाउने, बोल्दाबोल्दै छिटो निदाउने र घुरिहाल्ने गर्छन्।
    कतिपय कार्यक्रमका बेला मञ्चमा अतिथि बनेका व्यक्ति घुरेर निदाएको देखिन्छ। यता, कार्यक्रम चलिरहेको भए पनि उनीहरू निदाउँछन्। त्यो आनन्दले निदाएको वा बेवास्ताले निदाएको होइन, यही ‘अक्सट्रप्टिभ अप्निया सिन्ड्रम’ का कारण भएको हो। त्यस्ता व्यक्तिलाई निदाए पनि झक्झक्याउन पर्छ। नत्र, कहिलेकाहीँ अप्ठेरो पर्नसक्छ।

समाधानका उपाय
     यसको उपचार भनेको माथि उल्लेखित समस्याको सर्जरी वा अप्रेसन गर्नु नै हो। त्यसबाहेक भरपर्दो उपचार छैन। यद्यपि, खानपिन, शारीरिक व्यायामले पनि कहिलेकाहीँ नियन्त्रण गरेको पाइन्छ किनभने बोसोले नली साँघुरो बनाउने काम गर्छ। त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ। मोटो व्यक्ति, शारीरिक व्यायाम नगर्ने व्यक्ति, मांसाहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन आइतबार, कात्तिक ३, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित शुक्रबार, कात्तिक १, २०८२
यस्ताे छ, आज देशभर मौसम 
यस्ताे छ, आज देशभर मौसम  शुक्रबार, कात्तिक १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ४ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ५ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्