Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • हामीलाई रत्नपार्क होइन, शंखधर नै प्यारो लाग्छ..
हामीलाई रत्नपार्क होइन, शंखधर नै प्यारो लाग्छ..
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर २०, २०७७

–बिराजकाजी राजोपाध्याय
    आजको दिनमा हेर्ने हो भने काठमाडौं उपत्यकाका प्राय सबै टोलठाउँको नाम परिवर्तन भइसकेको छ। पुराना मौलिक नामहरु कतै अपभ्रम्स भइ केही अंश कायम छ भने कतै त पुरै हराइसके । कतै नेताको नामले त कतै चर्चित रेस्टुरेन्ट आदिको नामले मौलिकता खाइदियो । कतै भने राज्यको सत्ताशक्तिले ईतिहास मेटाइदियो । कतै त कुनै एउटा जाती विशेषलाई उच्चारण गर्न गार्हो भएको भन्दै नाम फेरीयो ।    


     यस्ता थुप्रै सयौं उदाहरण काठमाडौंमा भेट्टाउन सकिन्छ । यसको पछिल्लो उदाहरण बनेको छ, हाल शंखधर उद्यानको नामले चर्चामा रहेको तिंख्यः, जसलाई शक्तिको आडमा बनाइएको थियो रत्नपार्क । शताब्दियौं वर्षको ईतिहास बोकेको तिंख्यःलाई हिजो रत्नपार्क बनाइएको थियो । अहिले काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूतिको नाम दिएर यसलाई शंखधर उद्यान बनाइँदा भने एक दल विशेष भनौं वा केही समूहहरुले यसविरुद्ध देशव्यापी आन्दोलन गर्नेसम्मका कुराहरु गर्दैछन् । रत्नपार्क यति दुखेको दललाई काठमाडौंका त्यत्रो नामहरु मासिँदा छुन पनि नछोएको रहेछ ।


     हो, नाम फेरिनुहुन्न । कुनै स्थानको नाम भन्नाले त्यो मात्र नाम हुँदैन । त्यो नामले उक्त स्थान विशेषको ऐतिहासिक, साँस्कृतिक, सामाजिक महत्व बोकेको हुन्छ। काठमाडौंको अति व्यस्त व्यापारिक क्षेत्र वंगः, जसलाई आज ईन्द्रचोक बनाइयो । विगतमा यो स्थान विष्णुमति नदिको त्रिवेणीको रुपमा थियो । त्रिवेणीलाई नेपालभाषामा ह्वंगः भनिन्छ । ह्वंगः उच्चारणकै अपभ्रम्स भई कालान्तरमा वंगः बन्न गएको बताइन्छ । ह्वंगः वा वंगः नामले त्यहाँ मानव वस्ती विकास हुनु अघिको ईतिहास बताइरहेको छ भने पछि आएर यसलाई समाजले मुर्ति पूजाको थालनी गरिसकेपछि, मानव सभ्यता, मानव वस्ती पूर्ण रुपमा विका भइसकेपछिको ईन्द्रजात्रासँग जोडेर यसलाई ईन्द्रचोक बनाइयो ।


     यस्तै अर्को उदाहरण माईतीघर बनेको छ । यो स्थानमा फिब्व नाम गरेकी देवी विराजमान छिन् । स्थानीय नेवारहरु यी देवीलाई फिब्व अजिमा भन्ने गर्छन् । यिनै फिब्व अजिमाको नामबाट यो स्थानको नाम पनि फिब्व रहनगयो । पछि सन् १९६६ अर्थात मात्र ५४ वर्ष अगाडि एउटा चलचित्र रिलिज भयो, माईतीघर । फिब्व टोलमा उक्त फिल्मको कार्यालय राखियो । त्यहाँ माइतीघर चलचित्रको ठुलो पोस्टरसहित कार्यालयको साइन बोर्ड राखियो । त्यही पोस्टरले फिब्वको अस्तित्व मेटिदियो र त्यो ठाउँको नाम बन्यो–माईतीघर । 


     अचेल टुँडिखेल भनिन थालेको त्यो खुला चौरलाई हाल पनि स्थानीय नेवारहरु तिंख्यः भन्ने गर्छन् । यसको क्षेत्र विगतका दिनमा हालको शंखधर उद्यानदेखि दशरथ रङ्गशालासम्मै भएको बताइन्छ । यसले ओगटेको कुनै क्षेत्र दशरथ रङ्गशालामा परिणत भयो त, कुनै खुल्ला मञ्च, रत्नपार्क बन्यो । हाल कायम टुँडिखेलको आधा भाग पनि सेनाको नियन्त्रणमा छ । खैर, यो विषयको चर्चा हुँदै गर्ला । अहिले नामकै कुरा गरौं ।    


     विगतको तिंख्यः विभिन्न कालक्रममा खुम्चिने क्रममा यसको केही क्षेत्र पार्क बनाइयो । वि.सं. २०२१ सालमा निर्माण सम्पन्न गरेर रत्नपार्क शुरु गरियो । राजा महेन्द्रकी पत्नी रत्नराज्यलक्ष्मीको नामबाट रत्नपार्क नामाकरण गरिएपछि यसको ऐतिहासिक नाम तिंख्यः हरायो । तिंख्यः नामको अर्थको बारेमा विभिन्न पक्ष, विषयहरु जोडिएका छन् । यसको चर्चा पनि गर्दै गरौंला । तर यसको ऐतिहासिक नाम तिंख्यःले सय पचास वर्ष मात्र ईतिहास बोकेको होइन । सयौं, अझ भनौं हजार बढि वर्षको ईतिहास छ यसको । जबकि रत्नपार्कले मात्र ५६ वर्षको ईतिहास बोकेको छ । यस्तो अवस्थामा रत्नपार्कको नाम फेरीयो भनेर विरोध गर्नेहरुले तिंख्यःको अस्तित्वलाई बेवास्ता गरेको देखियो ।


     सार्वजनिक सवारी साधनका सह चालकले रत्नपार्क, रत्नपार्क चिच्याएरै मात्र यो नाम जनजिब्रोमा झुन्डिएको हो । केही वर्षमा रत्नपार्क जनजिब्रोमा झुन्डिए झैं भोलि गएर फेरी शंखधर उद्यान वा शंखधर पार्क पनि चिनिनेछ । हिजो तिंख्यःको नाम मेटेर रत्नपार्क भन्दा केही गलत भएको थिएन भने आज रत्नपार्क भनिएको स्थानलाई राष्ट्रिय विभुतिको नामबाट नामाकरण गरिँदा के गलत भयो । शंखधरको योगदानको चर्चा गर्ने हो भने उनले देशको नामबाट संवतको शुरुवात गरे । संसारभरीमा देशको नामबाट नामाङ्कित सम्वत यही नेपाल सम्वत मात्रै हो ।


     यो  गौरव हामीलाई दिने शंखधरको नामबाट पार्कको नाम राखिन्छ भने त्यसले शंखधरको योगदानलाई पनि सबैको सामु ल्याउनेछ । रत्नपार्क नामले के कति महत्व बोेकेको छ त मात्र एक रानीको नामसँग जोडिएको बाहेक । अर्को पक्षलाई केलाउँ, रत्नपार्कले यो ठाउँको के कस्तो छवि बनाएको छ त ? यौनधन्दा हुने अखडाको रुपमा नाम लिनुपर्यो भने रत्नपार्कको नाम आउँछ । के अब यसमा काठमाडौंबासी वा नेपालीहरुले गौरव गर्ने कि देशको नामबाट नामाङ्कित विश्वको एउटै मात्र सम्वतको नाममा गौरव गर्ने ?


     यहाँको मौलिक एवम् ऐतिहासिक नामहरु धमाधम मासिँदैछ । ख्येचायेपुखूलाई खिचापोखरी भनियो, पुखुद्यां न्यूरोड बन्यो, त्यस्तै भ्याःचाद्यःलाई भेडासिं, न्यतलाई नरदेवी, थाय्मरुलाई बाङ्गेमुढा, थँबहिलाई ठमेल, भुइजःसिलाई बुढानीलकण्ठ, ग्वललाई गौशाला, मन्दः फल्चालाई सो-हखुट्टे, प्यंगःथांलाई चारढुङ्गे, जनबहाःलाई मच्छिन्द्रबहाल, पाटनको नुगःलाई सुनधारा, तःबहाःलाई मच्छिन्द्रबहाल, ल्हुतिलाई बालाजु । 
     यसरी मौलिक नाम मेटिएको, मेटाइएको थुप्रै उदाहरण छन् । सबै नाम लेख्नु थालेमा पानाका पाना भरिनेछ । स्थानीय भाषामा फेरीएको नाम परिवर्तन गरिँदा राष्ट्रियता लाग्दो रहेछ र यहाँको स्थानीय नेवारले मौलिक नाम नफेरौं भन्दा जातीयता लाग्छ । तर एक व्यक्तिको नामबाट राखिएको मात्र ५६ वर्ष पुरानो नाम फेरिँदा देशब्यापी आन्दोलन गर्ने कुरा साँच्चिकैमा हास्यास्पद छ । 


     एउटा दल विशेषले आफ्नो राजनीतिक आस्था, वा एउटा परिवारको शासनप्रतिको भक्तिभाव प्रदर्शन गर्न खोज्दा जनताको भावनालाई पूर्ण रुपमा बेवास्ता नै गरिएको प्रमाणित भएको छ । भाषणको जनताको हक, अधिकारको हवाला दिने र व्यवहारमा जनताले, काठमाडौं उपत्यकाका स्थानीय वासी खुसी भइरहेको विषयलाई राजनीतिक रङ्ग दिएर, विरोध प्रदर्शन गर्ने एउटा बहाना बनाएर एउटा परिवारलाई फेरी पनि जनतालाई शासन गर्न दिन खोज्नु जायज होइन । राजनीति राज्यको लागि हो अथवा एउटा सिमीत समूहको स्वार्थ पुर्तिको लागि हो, त्यसको हिसाब जनतालाई हरेक दलले दिनैपर्छ । 
(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  २३:१३
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
  • नंः ४ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ५ दर्जनका दर्जन सल्लाहकारहरु विशिष्ट श्रेणीको तलब र सुविधा पाउने गरि नियुक्त गरिएको भन्ने छ यो के हो ?
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्