Top Navigation
Main Navigation
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख २२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मिसेस टुरिज्म एम्बास्डर वल्र्ड हमालको सामाजिक सचेतनामूलक सन्देश 
मिसेस टुरिज्म एम्बास्डर वल्र्ड हमालको सामाजिक सचेतनामूलक सन्देश 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख २५, २०७८

–श्याम स्मृत

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्टको कारण नेपाल पनि दोश्रो चरणको कोरोना महामारीको चपेटामा परेको छ। यो कोरोनाको महामारीमा आत्म विश्वास बलियो बनाउन सकेमा कोरोनालाई जित्न सकिन्छ भन्ने धेरै उदाहरणहरु भएको अवस्थामा सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएकाहरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी भैरहेको छ। 

जुन अत्यन्त नकारात्मक कार्य भएको सन् २०२० मा मलेसियाका क्वालालाम्पुरमा आयोजित मिसेस टुरिजम एम्बेस्डर वल्र्ड बनेर नेपालको गौरब र शान बढाउन सफल नेपाली सेलिब्रेटी मिसेस टुरिज्म शिलाष्मा हमालको ठहर रहेको छ। 

शिलाष्मा हमालले कोरोना संक्रमित भएर हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेकाहरु पनि सामाजिक सञ्जाल चलाईरहेका हुन्छन् । उहाँहरूको हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन् । उहाँहरुको आत्म विश्वास गिर्न सकिने भएकोले त्यसप्रकारका नकारात्मक सन्देश तथा भयावह वनाउने खालका फोटो तथा स्टाट्स पोस्टहरु नराख्न हुन आग्रह तथा अनुरोध गरेकी छन्। 
     

बरु कोभिड जितेर आएकाहरुलाई घर र समाजमा स्वागत गर्ने कार्य मात्र नगरिकन नयाँ जीवन पाएकाहरुलाई उपहार दिएको जस्ता हौसलामय प्रेरणादायी फोटो तथा निको भएका अनि राम्रो भएको मात्र समाचारहरु पोस्ट गर्दा कोरोनाको कारण हारेका मनहरुले पनि जित्ने प्रेरणा पाउने जिकिर शिलाष्मा हमालले गरेकी छन् । 

कोरोना कहरको यो कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ भन्ने सन्देश दिने कार्य गर्दैआएकी मिसेस व्युटीसियन नेपाल समेत रहेकी शिलाष्मा हमालले कोरोनाभाइरसको महामारीमा यसवाट बच्ने प्रमुख उपाय भन्नु नै नाक र मुख छोप्ने गरेर मास्क लगाउने, सोसियल डिस्टान्स मेन्टन गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु प्रयोग गर्नु नै हो भनेकी छन्। 

कोरोना महामारीको विषम स्थितिमा लकडाउनका कारण असहाय तथा विपन्न वर्ग मात्र नभइकन सवै चर्को मारमा रहेको छ। यस्तो अवस्थामा आफूहरुले सक्दो सहयोग गर्ने कार्य गर्नु मानविय धर्म भएको वताउने शिलाष्मा हमालले गत बर्ष लकडाउनमा धेरै स्थानमा असहाय तथा विपन्न वर्गलाई सक्दो सहयोग गर्ने कार्य गरेकी थिइन्। 

यो बर्ष कोरोनाभाइरसको नयाँ भेरियन्टको दोश्रो चरणको कोरोना महामारीको कारण भएको लकडाउनमा पनि विपदमा परेकाहरुलाई सामाजिक रुपमा सक्दो सहयोग गर्ने र गराउने कार्यमा आफू नचुकेको शिलाष्मा हमालले वताएकी छन्। 

सानैदेखि सामाजिक सेवा गर्ने कार्यमा अत्यन्त जागरुक शिलाष्मा हमालले महानायक राजेश हमालदेखि नेपालको फस्ट हर्रर गायक समिर हमालसम्मका गीतका भिडियोहरुमा बुलन्द अभिनय गरिसकेकी छन् । 
     
पछिल्लो समय ख्यातिप्राप्त गायिका देविका बन्दनाको राष्ट्रिय गीतमा समेत अभिनय गरिसकेकी शिलाष्मा हमालको व्यक्तित्व अनुरुप सोच पनि बोल्ड रहेको छ । मानिसले जिन्दगीमा कहिलेपनि हार सोच्न नहुने र खुशी पाउन खुशी दिन सक्नु पर्दछ भन्ने अवधारणा नै आफ्नो सफलताको प्रतिक हो भनेर शिलाष्मा हमालले भनेकी छन्। 
     
मलेसियामा वि.सं.२०७६ पुस १९ गते शनिबार बेलुका सम्पन्न मिसेस टुरिज्म एम्बेस्डर वल्र्ड २०२० को फाइनलमा २१ देशका विवाहिता महिलाहरुलाई धेरै पछि पारेर मिसेस टुरिज्म एम्बेस्डर वल्र्ड २०२० को ताज शीरमा पहिरिँदाको त्यो क्षणलाई जिन्दगीमा कहिलेपनि भुल्न नसकिने शिलाष्मा हमालले बताएकी छन्।  

मिसेस टुरिज्म नेपाल इन्टरनेशलको ताज जितेर मिसेस टुरिज्म एम्बेस्डर वल्र्ड २०२० को ताज पहिरिँदासम्मको गौरबमय यात्राले सामान्य गृहिणीवाट रातारात विश्वकै सेलिब्रेटी हुनुको गौरबतालाई निरन्तर कायम गरेर अगाडि बढ्ेकी शिलाष्मा हमालले सामाजिक सेवामा अग्रता कायम गरेकी छन् । 

दुई छोराकी आमा शिलाष्मा हमाल आमा हुनुको गौरबतालाई कायम गर्न घरैमा असहाय दुई छोरीलाई माया–ममता दिएर प्यारले हुर्काउने कार्य पनि गर्दै आएकी छन्। घरवाटै समाज सेवाको दियो बालेर विश्वलाई समाज सेवाको उदाहरण दिने महान कार्य शिलाष्मा हमालवाट भएको छ । जुन अनुपम नै भएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः २ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ३ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
विचार
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? NamiNews- नामीन्यूज
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्