Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मिसेस टुरिज्म एम्बास्डर वल्र्ड हमालको सामाजिक सचेतनामूलक सन्देश 
मिसेस टुरिज्म एम्बास्डर वल्र्ड हमालको सामाजिक सचेतनामूलक सन्देश 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख २५, २०७८

–श्याम स्मृत

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्टको कारण नेपाल पनि दोश्रो चरणको कोरोना महामारीको चपेटामा परेको छ। यो कोरोनाको महामारीमा आत्म विश्वास बलियो बनाउन सकेमा कोरोनालाई जित्न सकिन्छ भन्ने धेरै उदाहरणहरु भएको अवस्थामा सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएकाहरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी भैरहेको छ। 

जुन अत्यन्त नकारात्मक कार्य भएको सन् २०२० मा मलेसियाका क्वालालाम्पुरमा आयोजित मिसेस टुरिजम एम्बेस्डर वल्र्ड बनेर नेपालको गौरब र शान बढाउन सफल नेपाली सेलिब्रेटी मिसेस टुरिज्म शिलाष्मा हमालको ठहर रहेको छ। 

Nepal Oil Corporation

शिलाष्मा हमालले कोरोना संक्रमित भएर हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेकाहरु पनि सामाजिक सञ्जाल चलाईरहेका हुन्छन् । उहाँहरूको हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन् । उहाँहरुको आत्म विश्वास गिर्न सकिने भएकोले त्यसप्रकारका नकारात्मक सन्देश तथा भयावह वनाउने खालका फोटो तथा स्टाट्स पोस्टहरु नराख्न हुन आग्रह तथा अनुरोध गरेकी छन्। 
     

बरु कोभिड जितेर आएकाहरुलाई घर र समाजमा स्वागत गर्ने कार्य मात्र नगरिकन नयाँ जीवन पाएकाहरुलाई उपहार दिएको जस्ता हौसलामय प्रेरणादायी फोटो तथा निको भएका अनि राम्रो भएको मात्र समाचारहरु पोस्ट गर्दा कोरोनाको कारण हारेका मनहरुले पनि जित्ने प्रेरणा पाउने जिकिर शिलाष्मा हमालले गरेकी छन् । 

कोरोना कहरको यो कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ भन्ने सन्देश दिने कार्य गर्दैआएकी मिसेस व्युटीसियन नेपाल समेत रहेकी शिलाष्मा हमालले कोरोनाभाइरसको महामारीमा यसवाट बच्ने प्रमुख उपाय भन्नु नै नाक र मुख छोप्ने गरेर मास्क लगाउने, सोसियल डिस्टान्स मेन्टन गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु प्रयोग गर्नु नै हो भनेकी छन्। 

कोरोना महामारीको विषम स्थितिमा लकडाउनका कारण असहाय तथा विपन्न वर्ग मात्र नभइकन सवै चर्को मारमा रहेको छ। यस्तो अवस्थामा आफूहरुले सक्दो सहयोग गर्ने कार्य गर्नु मानविय धर्म भएको वताउने शिलाष्मा हमालले गत बर्ष लकडाउनमा धेरै स्थानमा असहाय तथा विपन्न वर्गलाई सक्दो सहयोग गर्ने कार्य गरेकी थिइन्। 

यो बर्ष कोरोनाभाइरसको नयाँ भेरियन्टको दोश्रो चरणको कोरोना महामारीको कारण भएको लकडाउनमा पनि विपदमा परेकाहरुलाई सामाजिक रुपमा सक्दो सहयोग गर्ने र गराउने कार्यमा आफू नचुकेको शिलाष्मा हमालले वताएकी छन्। 

सानैदेखि सामाजिक सेवा गर्ने कार्यमा अत्यन्त जागरुक शिलाष्मा हमालले महानायक राजेश हमालदेखि नेपालको फस्ट हर्रर गायक समिर हमालसम्मका गीतका भिडियोहरुमा बुलन्द अभिनय गरिसकेकी छन् । 
     
पछिल्लो समय ख्यातिप्राप्त गायिका देविका बन्दनाको राष्ट्रिय गीतमा समेत अभिनय गरिसकेकी शिलाष्मा हमालको व्यक्तित्व अनुरुप सोच पनि बोल्ड रहेको छ । मानिसले जिन्दगीमा कहिलेपनि हार सोच्न नहुने र खुशी पाउन खुशी दिन सक्नु पर्दछ भन्ने अवधारणा नै आफ्नो सफलताको प्रतिक हो भनेर शिलाष्मा हमालले भनेकी छन्। 
     
मलेसियामा वि.सं.२०७६ पुस १९ गते शनिबार बेलुका सम्पन्न मिसेस टुरिज्म एम्बेस्डर वल्र्ड २०२० को फाइनलमा २१ देशका विवाहिता महिलाहरुलाई धेरै पछि पारेर मिसेस टुरिज्म एम्बेस्डर वल्र्ड २०२० को ताज शीरमा पहिरिँदाको त्यो क्षणलाई जिन्दगीमा कहिलेपनि भुल्न नसकिने शिलाष्मा हमालले बताएकी छन्।  

मिसेस टुरिज्म नेपाल इन्टरनेशलको ताज जितेर मिसेस टुरिज्म एम्बेस्डर वल्र्ड २०२० को ताज पहिरिँदासम्मको गौरबमय यात्राले सामान्य गृहिणीवाट रातारात विश्वकै सेलिब्रेटी हुनुको गौरबतालाई निरन्तर कायम गरेर अगाडि बढ्ेकी शिलाष्मा हमालले सामाजिक सेवामा अग्रता कायम गरेकी छन् । 

दुई छोराकी आमा शिलाष्मा हमाल आमा हुनुको गौरबतालाई कायम गर्न घरैमा असहाय दुई छोरीलाई माया–ममता दिएर प्यारले हुर्काउने कार्य पनि गर्दै आएकी छन्। घरवाटै समाज सेवाको दियो बालेर विश्वलाई समाज सेवाको उदाहरण दिने महान कार्य शिलाष्मा हमालवाट भएको छ । जुन अनुपम नै भएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्