Top Navigation
Main Navigation
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मेलम्चीको पूर्वाधार पुनःनिर्माण र राजधानीवासीलाई खानेपानी
मेलम्चीको पूर्वाधार पुनःनिर्माण र राजधानीवासीलाई खानेपानी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार २८, २०७९
Melamchi water

काठमाडौँ । विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति गर्याे । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो ।

वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो। आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो ।

असार २९ गते सरकार परिवर्तन भयो । नयाँ सरकारले मेलम्ची खानेपानी आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्याे। खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको आयोजनास्थलमा क्षति भएका पूर्वाधार निर्माण गरेर राजधानीवासीलाई पानी खुवाउन अर्जुनदृष्टिका साथ काम गर्यो।

यसक्रममा पटक–पटक मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु पुगेर उनले भत्केको प्रवेशमार्गको निर्माण, मुहानस्थलमा पुगेको क्षतिको मर्मतसम्भार पुनःनिर्माणलाई मन्त्रालयको प्राथमिकतामा राख्यो।

२०७८ चैत मसान्तसम्म मेलम्चीको पानी राजधानीमा ल्याउने घोषणा गरेका मन्त्री चौधरीले समयमै काम सक्न आवश्यक नीति–निर्माण गरेर कार्यान्वयनमा सहयोग गरे।

फलस्वरुप चैत अन्तिम साता मेलम्चीबाट पथान्तरण गरिएको पानी वैशाख पहिलो साता राजधानीमा वितरण गरिएको थियो । वर्षा लागेसँगै हाललाई बन्द गरिएको मेलम्चीको पानी असोज अन्तिम साता वा कात्तिक पहिलो हप्तामा फेरि राजधानीमा ल्याउने तयारी पनि मन्त्रालयको छ ।

मेलम्चीको पानी बन्द भएपछि हाल वाग्मतीको पानी प्रशोधन गरी मेलम्ची खानेपानी आयोजनाको नयाँ प्रणालीबाट उपत्यकावासीलाई वितरण गरिएको छ । मेलम्चीको प्रणालीबाट काठमाडौँ उपत्यकामा हाल वाग्मतीको पानी थप्दा राजधानीवासीलाई राहत पुगेको छ ।

सिस्नेरी खोलाको पानी ल्याउने गृहकार्य

सरकारको एकवर्षे कार्यकालमा काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि असार पहिलो साता खानेपानीमन्त्री चौधरीले सो स्थलको स्थलगत अध्ययन गरे।

स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइप लाइन बिच्छ्याएपछि दैनिक ६ करोड लिटर पानी राजधानी लैजान सकिने बताएको थियो ।

मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए। यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ।

यो आयोजना सम्पन्न गर्न रु २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०/८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालयले लिएको पनि मन्त्री चौधरीले बताए।

विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो । मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिकरूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ ।

काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए।

पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ।

सिस्नेरीको पानी राजधानी ल्याउन मकवानपुरका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ । दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मकवानपुरको पानी राजधानी ल्याउँदा प्रभावितस्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ।

दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल वाग्मतीमै मिसिने भएकाले पनि कसैलाई प्रभाव पर्दैन । वाग्मती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य वाग्मती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ।

काठमाडौँ उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि वाग्मतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए।

वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो। स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको हो ।

यो आयोजनास्थल फर्पिङस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेशनबाट १४ किलोमिटर दूरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका उनले जानकारी दिए।

कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ । यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलखानी खोलाको पानी सङ्कलन गरिने छ । लिमिटेडको सैँबु भैँसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौँ उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित बाँधको लम्बाइ ३४० मिटर र उचाइ ६० मिटर रहने छ । बाँध निर्माणस्थल समुद्री सतहबाट १ हजार १२० मिटर उचाइमा रहने छ। सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब २ किमी उत्तरतर्फ रहेको दरवनडाँडा भनिने १ हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौँ उपत्यकामा पठाउने लक्ष्य राखिएको छ।

पानीपोखरीबाट हाल निर्माणधीन द्रुतमार्गमा करिब १९ किमी पाइप लाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैँबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जीनियर नवीन तिवारीले जानकारी दिए।

 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०९:०७
##Melamchi
प्रतिक्रिया दिनुहोस्
थप समाज
चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव
चुरे क्षेत्रलाई आरक्षीत क्षेत्र बनाइनुपर्छ : उपेन्द्र यादव आइतबार, माघ १९, २०८२
यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई आइतबार, माघ १९, २०८२
शालीनदी मेलामा घुइँचो
शालीनदी मेलामा घुइँचो आइतबार, माघ १९, २०८२
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित
रामेछापका किसानलाई आलु खेतीमा आकर्षित शनिबार, माघ १८, २०८२
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ शनिबार, माघ १८, २०८२
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ? मंगलबार, माघ १४, २०८२
कस्ताे रहला आज र भोलि देशभर माैसम ?
कस्ताे रहला आज र भोलि देशभर माैसम ? मंगलबार, माघ १४, २०८२
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै आइतबार, माघ १२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः ५ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्