Top Navigation
  • Contact
Main Navigation
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, साउन २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पुर्ख्याैली पेशा र व्यवसाय प्रबर्धनमा सहयोग गर्नेछु : मेयर सुरेन्द्र श्रेष्ठ
पुर्ख्याैली पेशा र व्यवसाय प्रबर्धनमा सहयोग गर्नेछु : मेयर सुरेन्द्र श्रेष्ठ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १, २०७९
surendra shrestha

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्याैली पेशा र व्यवसाय प्रबर्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुर्ख्याैली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना) भवन उद्घाटन गर्दै मेयर श्रेष्ठले लोप हुने अवस्थामा पुगेको मौलिक पेशालाई संरक्षण र प्रबद्र्धन गर्ने क्षेत्रमा नगरपालिकाको विशेष सहयोग रहने बताएको हो। 

nayeku1658057038.jpg

मेयर श्रेष्ठले सिवा साय्मि खलःको नेतृत्वमा पुनर्निर्माण सम्पन्न भएको भवनलाई खलःकै नाममा स्थायी लालपूर्जा बनाइदिने समेत आश्वासन दिएका छन् ।

हुन पनि मानन्धर समुदायको पुर्ख्याैली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई पुनर्उत्थान गर्नुपर्ने देखिन्छ। यहि सन्दर्भमा पुर्ख्याैली व्यवसायलाई सामुहिक लगानीमा कम्पनीको रूपमा विकास गर्ने अभियानको थालनी भएको छ।

भक्तपुर चेम्बर अफ कमर्स र जिल्लाका विभिन्न ठाउँमा सघन रुपमा बस्दै आएका मानन्धरहरुले यस अभियानमा साथ दिइरहेका छन्। सरोकारवाला पक्षले साथ दिने हो भने भक्तपुरको स्थानिय उत्पादनको रुपमा रहेको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकु लगायतका बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण गर्न सकिन्छ।

layeku 1658057037.jpg

कार्यक्रममा डेपुटी मेयर विजयकृष्ण श्रेष्ठले तेल उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए । ‘केही दशक अघिसम्म म आफै तोरीको तेल खरिद गर्न जान्थें । तर आजको दिनमा यस्तो अवस्था छैन । हामी विदेशी तेलको प्रयोग गरिरहेका छौं।’ श्रेष्ठको भनाइ थियो ।

पुर्ख्याैली पेशा र परम्परागत प्रविधिलाई आत्मसात गरी स्थानिय क्षेत्रमै उत्पादन हुने बस्तुलाई प्राथमिकता दिने हो भने आयात प्रतिस्थापन सम्भव भएको श्रेष्ठको भनाइ छ ।

त्यस्तै, थिमिको मल्लकालीन दरबार अर्थात लाय्कू परिसरसँगै रहेको भएर पुलां साः वा क्वथु साःलाई  लाय्कू साःको रुपमा सम्बोधन गरिएको खलःका अध्यक्ष अष्टरत्न मानन्धरले बताए ।

‘लाय्कू साः पुनर्निर्माण गरिएको टोलको नाउँ साःननि र सँगै रहेको इनारको नाउँ साः तुंथि रहेको छ । यिनीहरुको नामाकरण समेत लाय्कू साःको आधारले हुन पुगेको हो ।’ मानन्धरको दाबी छ ।

कार्यक्रममा पुर्ख्याैली व्यवसायको रुपमा रहेको तोरीको तेल उत्पादन गर्ने मौलिक प्रविधिमा आधारित साःलाई सांस्कृतिक, धार्मिक, सम्पदाजन्य र सामुदायिक जीवनशैलीसँग जोडेर चर्चा गरिएको थियो ।

टोलका थकाली ९१ वर्षिया मोहनलाल लाखे मानन्धरको समुपस्थितिमा मध्यपुर थिमि नगरपालिकाया मेयर सुरेन्द्र श्रेष्ठले भवन उद्घाटन गरेको हो।

कार्यक्रममा डेपुटी मेयर विजयकृष्ण श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हँच्छेरत्न मानन्धर, वडा-४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा सदस्य रामकेशरी श्रेष्ठ, पूर्व जिसस उमेश श्रेष्ठ, राजनीतिज्ञ राजेश (माइला) मानन्धर लगायतको उपस्थिति थियो ।

गंगाराम मानन्धरको संयोजन र मनोजलाल मानन्धरको नेतृत्वमा भवन निर्माण सम्पन्न भएको हो । भवन पुनर्निर्माणको लागि स्थानिय टोलबासीहरुले आर्थिक र भौतिक सहयोग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्