Top Navigation
Main Navigation
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक १७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कुवेर केसीको भजन-संगीतदेखि धार्मिकक्षेत्रसम्म अतुलनिय योगदान
कुवेर केसीको भजन-संगीतदेखि धार्मिकक्षेत्रसम्म अतुलनिय योगदान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख ३०, २०७८

–श्याम स्मृत

ललितपुर । धर्म यथार्थतामा अनुशासन हो। धर्मले मानिसलाई अनुशासित बन्न र बनाउन मदत गर्ने गर्दछ। धर्म नभएको भए, संसारमा अधर्मीहरुको दबदबा हुने निश्चित थियो। अधर्मीका कारण मानवता भन्ने कुरा नै हुदैन्थ्यो। यसकारण, धर्म मानव जीवनका लागि जिउने कला पनि हो। 

यही अनुशासनरुपी धर्मवाट जिउने कलामा  धर्मउपदेशक तथा भजन उपदेशक कुवेर केसी विगत १३ बर्षदेखि निरन्तर लाग्दैआएका छन्। अपत्यारिलो तरीकाले भित्रैदेखि धर्मको प्रभाव कुवेर केसीमा ललितपुरको तिंखीदेवल स्थित उमामहेश्वर मन्दिरवाट भएको हो। उमामहेश्वरको धार्मिक अनुष्ठानमा स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबाको धर्मदेशनावाट नजानिदो किसिमले धार्मिक क्षेत्रमा लगाब र विश्वास बढे्को कुवेर केसी दिलखोलेर बताउंछन्।

Nepal Oil Corporation

त्यसअघिसम्म, ललितपुरकै लगनखेलमा होलसेल पसल थापेर व्यापार व्यवसायमा रम्दैआएको वताउने कुवेर केसीलाई साथीभाइले धार्मिक क्षेत्रमा केही सहयोग गर्नुपर्दछ भनेर उत्प्रेरणा दिने कार्य गर्दैआएको पनि हो। यदाकदा धार्मिक अनुष्ठान लगायतका कार्यहरुमा सहयोग गर्ने कार्य गर्दैआएतापनि धर्ममा चुर्लुम्म डुवेर लागेको भने थिएन। 

उमामहेश्वरको प्रभाववाट धार्मिक अनुष्ठान तथा भजन संगीत अनि धार्मिक कार्यहरुमा अत्यन्त मन बस्न थालेपछि जीवनको एक अंश नै धार्मिक क्षेत्र बन्यो। हिजोका दिनमा चैन नभएको अवस्था अनि आत्मसंतुष्टि नपाएको कुरा धार्मिक क्षेत्रमा चुर्लुम्म डुब्दा पैसाले किनेर नपाइने अलौकिक शान्ति र आनन्द दुवै मिलेको आत्मभुति भएपछि यसतर्फ लाग्न कुवेर केसीलाई कसैले कहीकतैवाट पनि छेकेन। 

साक्षात भगवानले नै धार्मिक क्षेत्रमा तानेर ल्याएको अलौकिक अनुभव भएपछि जीवन जिउने उपायको व्यवसायको अलावा धार्मिक क्षेत्रलाई पनि बरोबरी समय दिएर लाग्दा लोकको पनि कल्याण गर्न सकिदो रहेछ भन्ने अनुभव कुवेर केसीलाई भयो।

ललितपुरकै उमामहेश्वर, महालक्ष्मीस्थान मन्दिर, रानीबुँ स्थित गणेश विनायक मन्दिर लगायत कोटेश्वरको निखिलेश्वर मन्दिरमा समेत धार्मिक अनुष्ठान र धार्मिक प्रवचन तथा धार्मिक सांगीतिक उत्सवमा घण्टौ धर्मउपदेशक तथा भजनउपदेशक बने । सांगीतिक प्रस्तुति दिएर भक्तजनहरुको विरहमा परेका मनहरुलाई उत्सवमा ल्याएर आशावादी जीवनतिर डो¥याउने कार्यमा निकै भूमिका निर्वाह गर्ने कार्य कुबेर केसीवाट हुंदैआएको छ। जुन जीवनमा पाएको भगवानको अलौकिक आशीर्वादका रुपमा कुबेर केसीले लिएका छन्।

कुवेर केसी नामका मात्र नभइकन, मनका पनि यथार्थमा निक्कै कुबेर हुन्। १३ बर्षदेखि धार्मिक अनुष्ठान तथा भक्ति संगीतमा स्वतःस्फूर्तरुपमा लागेर जानी–नजानीकन हारमोनियम बजाएर सवैको मन जित्न सफल कुवेर केसी फर्केर हेर्दा आफूले आफूलाई नै अनौठो मान्ने गर्दछन्। 

यथार्थमा हरेक कुरा मनैदेखि गरेमा नहुने र नसक्ने भन्ने कुरा केही पनि होइन रहेछ। इच्छाशक्तिको विकास गर्न सकेमा धर्मउपदेशक तथा भजनउपदेशक जस्तो कठिन कार्यमा पनि सहज रुपमा बन्न सकिन्छ भन्ने कुरा कुवेर केसीवाट प्रमाणित भएको छ। कुवेर केसीको इच्छाशक्तिको कारण भगवानको कृपा एवम् भगवान दाहिने भएपछि हरेक कुरामा सफलता मिल्ने गर्दछ भन्ने पनि कुबेर केसी ठूलो उदाहरण हो।

महालक्ष्मी मन्दिर, निखिलेश्वर मन्दिर, उमामहेश्वर मन्दिर र रानीबुँ गणेश विनायक मन्दिरमा विभिन्न पर्व, उत्सव अनि धार्मिक कार्यक्रमहरुमा कुवेर केसीको धर्मउपदेश तथा भजनउपदेश सुन्न र हेर्नआउनेहरुको कुनै कमी छैन्। धर्मउपदेश तथा भजनउपदेशवाट धेरै सामाजिक सेवा गर्ने लगायतका कार्यहरुमा पनि कुबेर केसीको योगदान अतुलनीय रहेको छ।      

भजनउपदेश तथा धर्मउपदेशमा दक्षिणाको आशा कहिले पनि नगरेका कुबेर केसी यसमा भगवानको निःस्वार्थ सेवा देख्छन्। विनाशुल्क उमामहेश्वरदेखि-निखिलेश्वरसम्म भजन कीर्तन गरेर भक्तजनहरुको दुःखलाई हरण गर्ने कार्य धर्मपदेशक बनेर लाग्दैआएका कुवेर केसीको प्रेरणाको स्रोत नै भगवानरुपी दर्शक तथा स्रोता अनि आमाबुवा हो। यिनै प्रेरणाले जीवनमा नमेटिने उत्साह, तथा अलौकिक आनन्द मिलेको आफूले शव्दमा बर्णन नै गर्न नसक्ने कुवेर केसी वताउंछन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः २ दुई मन्त्रीको शपथ ग्रहण
  • नंः ३ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ४ हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
  • नंः ५ मुस्ताङमा मच्चायो बाढीले वितण्डा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्