Top Navigation
Main Navigation
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • यौनजन्य हिंसाका घटना चितवनमा वृद्धि
यौनजन्य हिंसाका घटना चितवनमा वृद्धि
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन १०, २०७९

काठमाडौ । चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ ।

जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएको हो ।

माइती नेपाल चितवनले भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिएका हुन् ।

प्रहरी उपरीक्षक अधिकारीले जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका ५१ घटना दर्ता भएकामा आव २०७७/७८ मा ६० तथा आव २०७८/७९ मा ६३ पुगेका जानकारी दिएका हो । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक अधिकारीले आव २०७६/७७ मा पाँच बाल यौन दुरुपयोगको घटना भएको जनाउँदै आव २०७७/७८ मा १० तथा आव २०७८/७९ मा १७ घटना दर्ता भएका जानकारी दिएका छन् ।

बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकसमेत पीडक हुने गरी उजुरी आउन थालेका प्रहरीको भनाइ छ । त्यस्तै जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रहरीका जिल्लामा आव २०७६/७७ मा ६ वटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आव २०७७/७८ मा ४ तथा आव २०७८/७९ मा ३ वटा घटना मानव बेचबिखनसम्बन्धी दर्ता भएका थिए ।

जिल्लामा बालाअवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै प्रहरी उपरीक्षक अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताए।

जिल्ला प्रहरी कार्यालयले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुव्र्यसनी घटनाउने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार पारेको छ । ती पाठयक्रमलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै उनले स्थानीय तहहरूसँग सहकार्य भइरहेको जानकारी दिए।

कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जिल्लामा बाल यौन शोषण र महिला बालबालिको बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो ।

सस्थाले महिला तथा बालबालिका, यौन हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको उनले बताए। अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गरी अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको सस्थाले जनाएको छ ।

सस्थाले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक बालकलाई हेटौँडाको मामाघर तथा तीन बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको कार्यक्रममा जानकारी दिइएको थियो ।

हिंसापीडित ६ महिलालाई ब्यूटीसियन तालिममा सहभागी गराएको बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसा रोकथाममा पनि सस्था सक्रिय रहेको छ ।

सस्थाले बालिकाको संरक्षण तथा उनीहरूमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ । सन् २०२१ को अप्रिलबाट सुरु भएको परियोजना २०२२ को डिसेम्बरमा सकिने उनले जानकारी दिए ।

कार्यक्रममा कानुनी सहायता परियोजनाका गोमा न्यौपाने, देवघाटको रामजानकी आश्रमका अध्यक्ष सावित्री टण्डन, ट्रान्सपरेन्सी इन्टरनेशन चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए। 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्