Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल बाथरोग मैत्री समाजको अध्यक्षमा मेनका आचार्य चयन
नेपाल बाथरोग मैत्री समाजको अध्यक्षमा मेनका आचार्य चयन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन १४, २०७९

ललितपुर । बाथरोग निवारण तथा सचेतना अभिबृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’ को ११औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

नेपाल बाथरोग मैत्री समाजले आज ललितपुरको सातदोबाटोमा एक विशेष कार्यक्रमकाे आयाेजना गर्दै बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको हो ।

समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अथितिहरुमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदिप श्रेष्ठ रहेका थिए ।

Bathrog samaj 321659194555.jpg

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोग सम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताएका थिए । त्यसको लागि स्वास्थ्य सेवा विभागले सक्दो भुमिका खेल्ने बताउँदै उनले बाथरोग मैत्री समाजले देशलाई धेरै दिन सक्ने समेत बताएका थिए ।

विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महंगो र दिर्घरोग भएपनि सरकारले यस रोग सम्बन्धमा वेवास्ता गरेको बताउँनुको साथै उनले क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई जस्तै बाथ रोगीहरुलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

वाथरोगको सचेतनाका निम्ति सरकारदेखि चौथो अंग मिडियाले समेत यथोचित प्राथमिकता नदिएको गुनासाहरु पोखेका थिए । समाजको सल्लाहकार समेत रहेका डा. पौडेलले संस्थाको सेवा क्रमिक रुपमा देशभर पुर्याउनु पर्नेमा जोड दिएका थिए ।

Bathrog samaj 21659194554.jpg

कार्यक्रममा डा. उज्वल रिसालले वाथ रोगीहरुलाई खोपको महत्व विषयमा उजागर गर्दै वाथ रोगीलाई रोगसँग लड्ने क्षमता कम भएकाले पनि कुनैपनि किसिमका खोपहरु महत्वपूर्ण हुने बताएका थिए । त्यसमाथि कोरोनाको खोप झनै महत्वपूर्ण हुने समेत उनले बताए ।

वाथरोग विशेषज्ञ डा.दिपा शाहले हड्डी स्वास्थ्यको महत्वबारे कार्यक्रममा प्रकास पार्दै उनले हडडी्को स्वास्थ्यका लागि वयस्क उमेरदेखि नै सन्तुलित भोजन, ब्यायाम तथा योगमा ध्यान दिनुपर्ने बताएकी थिइन् । हड्डी स्वास्थ्यका लागि पोषणयुक्त सन्तुलित भोजन तथा भिटामिन डीको जरुरत रहने समेत डा. शाहले बताएकी थिइन् ।

त्यस्तै, डा. अमृत घिमिरेले वाथ रोगीहरुले के के खानुहुन्छ र केके खानु हुदैन् भन्ने बारेका समाजमा रहेका भ्रमहरु चिर्ने प्रयास गर्दै बाथ राेगीहरुले मुलभुत रुपमा खानपीनमा कुनै किसिमका कुरा बार्नु नपर्ने बताएका थिए । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने बताएका थिए ।

त्यसका अलावा बाथ रोगीहरुले धुम्रपान, मद्यपान र सिसिमा गालेका अचारहरु खान नहुने र सो बाहेक सबै चीजहरु बाथ रोगीहरुले खाँदा हुने डा. घिमिरेले बताएका थिए । 

कार्यक्रममा ठूलो सङख्यामा जनसहभागिता रहेको कार्यक्रमको सभापतित्व वरिष्ठ बाथरोग मैत्री समाजका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए । समग्र कार्यक्रमको संयोजन आरोज्ञ स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा सोही समाजका महासचिव हरिप्रसाद तिमल्सिनाले गरेका  थिए ।

बाथरोग समाजको ११औं साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ कार्य समितिको अध्यक्षमा मेनका आचार्य चयन भएका छन् ।

त्यस्तैगरी प्रथम उपाध्यक्षमा रुपा विमल क्षेत्री, द्धितिय उपाध्यक्षमा बलरामकृष्ण बञ्जाडे, महासचिबमा गणेश थापा, सचिबमा सुष्मा रेग्मी, कोषाध्यक्षमा विजयराज अधिकारी र सह–कोषाध्यक्षमा टिकादेशी श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सरला श्रेष्ठ, टिका तिमल्सिना, राजु पन्थी र सविन कार्की रहेका छन् ।


  
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्