Top Navigation
Main Navigation
मंगलबार, साउन ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, साउन ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल बाथरोग मैत्री समाजको अध्यक्षमा मेनका आचार्य चयन
नेपाल बाथरोग मैत्री समाजको अध्यक्षमा मेनका आचार्य चयन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन १४, २०७९

ललितपुर । बाथरोग निवारण तथा सचेतना अभिबृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’ को ११औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

नेपाल बाथरोग मैत्री समाजले आज ललितपुरको सातदोबाटोमा एक विशेष कार्यक्रमकाे आयाेजना गर्दै बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको हो ।

समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अथितिहरुमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदिप श्रेष्ठ रहेका थिए ।

Bathrog samaj 321659194555.jpg

Nepal Oil Corporation

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोग सम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताएका थिए । त्यसको लागि स्वास्थ्य सेवा विभागले सक्दो भुमिका खेल्ने बताउँदै उनले बाथरोग मैत्री समाजले देशलाई धेरै दिन सक्ने समेत बताएका थिए ।

विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महंगो र दिर्घरोग भएपनि सरकारले यस रोग सम्बन्धमा वेवास्ता गरेको बताउँनुको साथै उनले क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई जस्तै बाथ रोगीहरुलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।

वाथरोगको सचेतनाका निम्ति सरकारदेखि चौथो अंग मिडियाले समेत यथोचित प्राथमिकता नदिएको गुनासाहरु पोखेका थिए । समाजको सल्लाहकार समेत रहेका डा. पौडेलले संस्थाको सेवा क्रमिक रुपमा देशभर पुर्याउनु पर्नेमा जोड दिएका थिए ।

Bathrog samaj 21659194554.jpg

कार्यक्रममा डा. उज्वल रिसालले वाथ रोगीहरुलाई खोपको महत्व विषयमा उजागर गर्दै वाथ रोगीलाई रोगसँग लड्ने क्षमता कम भएकाले पनि कुनैपनि किसिमका खोपहरु महत्वपूर्ण हुने बताएका थिए । त्यसमाथि कोरोनाको खोप झनै महत्वपूर्ण हुने समेत उनले बताए ।

वाथरोग विशेषज्ञ डा.दिपा शाहले हड्डी स्वास्थ्यको महत्वबारे कार्यक्रममा प्रकास पार्दै उनले हडडी्को स्वास्थ्यका लागि वयस्क उमेरदेखि नै सन्तुलित भोजन, ब्यायाम तथा योगमा ध्यान दिनुपर्ने बताएकी थिइन् । हड्डी स्वास्थ्यका लागि पोषणयुक्त सन्तुलित भोजन तथा भिटामिन डीको जरुरत रहने समेत डा. शाहले बताएकी थिइन् ।

त्यस्तै, डा. अमृत घिमिरेले वाथ रोगीहरुले के के खानुहुन्छ र केके खानु हुदैन् भन्ने बारेका समाजमा रहेका भ्रमहरु चिर्ने प्रयास गर्दै बाथ राेगीहरुले मुलभुत रुपमा खानपीनमा कुनै किसिमका कुरा बार्नु नपर्ने बताएका थिए । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने बताएका थिए ।

त्यसका अलावा बाथ रोगीहरुले धुम्रपान, मद्यपान र सिसिमा गालेका अचारहरु खान नहुने र सो बाहेक सबै चीजहरु बाथ रोगीहरुले खाँदा हुने डा. घिमिरेले बताएका थिए । 

कार्यक्रममा ठूलो सङख्यामा जनसहभागिता रहेको कार्यक्रमको सभापतित्व वरिष्ठ बाथरोग मैत्री समाजका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए । समग्र कार्यक्रमको संयोजन आरोज्ञ स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा सोही समाजका महासचिव हरिप्रसाद तिमल्सिनाले गरेका  थिए ।

बाथरोग समाजको ११औं साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ कार्य समितिको अध्यक्षमा मेनका आचार्य चयन भएका छन् ।

त्यस्तैगरी प्रथम उपाध्यक्षमा रुपा विमल क्षेत्री, द्धितिय उपाध्यक्षमा बलरामकृष्ण बञ्जाडे, महासचिबमा गणेश थापा, सचिबमा सुष्मा रेग्मी, कोषाध्यक्षमा विजयराज अधिकारी र सह–कोषाध्यक्षमा टिकादेशी श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सरला श्रेष्ठ, टिका तिमल्सिना, राजु पन्थी र सविन कार्की रहेका छन् ।


  
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ?
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ? आइतबार, साउन ५, २०८२
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  शनिबार, साउन ४, २०८२
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बुधबार, साउन १, २०८२
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा बुधबार, साउन १, २०८२
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ 
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ  बुधबार, साउन १, २०८२
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान बुधबार, साउन १, २०८२
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।। आइतबार, असार २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ३ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ४ मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्