Top Navigation
Main Navigation
सोमबार, वैशाख २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, वैशाख २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता
कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १६, २०७९
Api Himal

देउखुरी । प्यूठान जिल्ला सरुमारानी गाउँपालिका-६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत छन् । उनको मातृभाषा कुसुन्डा हो । 

परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उनलाई नेपाली भाषाकै बानी पर्याे। मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उनी कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने भएको छ ।

भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषीका नयाँ पुस्तालाई ९० घण्टा (पहिलो सत्र) र ६० घण्टा (दोस्रो सत्र) को प्रशिक्षणमा उनले आफ्नै मातृभाषा सिक्ने अवसर पाएको हो । 

पहिलो सत्रमा कुसुन्डा भाषामा आफ्नो परिचय दिने र सामान्य शब्द उच्चारण मात्रै सिकेको थियो । दोस्रो सत्र पछाडि नयाँ पुस्ताका बालबालिका गीत लेख्न र गाउन सक्ने भएपछि उनी पनि गीत लेख्न र गाउन सक्ने भएको हो ।

Nepal Oil Corporation

कुसुन्डा भाषाको संरक्षण गर्ने र पछिल्लो पुस्तालाई सो भाषा सिक्न सघाउने हिमाको लक्ष्य छ । उनी भन्छन्, “भाषा बचाउन गीत लेखेकी हुँ। कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । कतै कार्यक्रममा गएँ भने कुसुन्डा भाषाको गीत सुनाउने गर्छु ।” 

बढीचौरकै फाली कुसुन्डा पनि दाङको महेन्द्र माध्यमिक विद्यालय धर्नामा नै कक्षा ११ मा अध्ययनरत छन्। कुसुन्डा भाषाको कक्षा लिइसकेकी उनी घरपरिवारमा कुसुन्डा भाषामा नै बोल्ने अभ्यास गर्छन् । 

मातृभाषा सिकेमा लोप नहुने र बोलचालमा ल्याइराखियो भने मात्र भाषालाई बचाइराख्न सकिने भएकाले कुसुन्डा भाषा सिकेको उनी बताउँछन् । 

कुसुन्डा भाषा सिक्न थालेदेखि उनले भेटेकाहरूसँग ‘नमस्कार’ को सट्टा ‘सोजाक’ भन्न थालेको छ । उनी भन्छन्, “सुरुसुरुमा त बुझिन्नथ्यो। पढ्दै जाँदा सजिलो भएको छ । धेरै कुरा जान्ने भएका छौँ । यो भाषा पढ्ने साथीहरू एकापसमा कुरा गर्दा कुसुन्डा भाषामा नै प्रयोग गर्ने गरेका छौँ ।”

भाषा जोगाउने प्रयास

घोराही उपमहानगरपालिका-१८ सुपैलाखुटीका कमला सेन कुसुन्डाले कुसुन्डा भाषा जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उनी कुसुन्डा भाषाको एक मात्र जीवित पूर्ण वक्ता हुन्। उनकै सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ । कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रयास गरिएको छ ।

तीन वर्षअघिसम्म कुसुन्डा समुदायबाट कुसुन्डा भाषाका पूर्ण वक्ता दुईजना मात्रै थिए । तीमध्ये एकजना दाङको लमही नगरपालिका-३ कुलमोर निवासी ज्ञानीमाया कुसुन्डाको तीन वर्षअघि अर्थात् २०७६ पुस ९ गते मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने चिन्ता थपिएको थियो ।

कुसुन्डा भाषाको संरक्षण गर्न र त्यसलाई जीवित राख्न लमही नगरपालिका-५ का अनुसन्धानकर्ता उदयराज आलेले सहयोग गर्दै आएको छ। भाषा आयोगको सहयोगमा उनले २०७४ सालमा कुसुन्डा भाषाको कुसुन्डा जाति र शब्दकोश प्रकाशन गरे ।

विसं २०७८ मा कुसुन्डा गिपन (कुसुन्डा भाषा कक्षा) र आधारभूत पाठ्यसामग्री (क) र खण्ड (ख) प्रकाशन गरेको छ त्यस्तै सोजाक (कुसुन्डा पाठ्यसामग्री) प्रकाशन भएको छ ।

यसै वर्ष उनी कुसुन्डाको वृत्तचित्र तयार गर्दै छन् । उनका गेम्येहाक, कुसुन्डा व्याकरण (कुसुन्डा र नेपाली भाषामा) प्रकासोन्मुख पुस्तक हुन्। आलेको मातृभाषा मगर भए पनि उनले लोपोन्मुख कुसुन्डा भाषाको संरक्षणका लागि काम गरेको छ ।

कुसुन्डा भाषा संरक्षणका लागि केही सकारात्मक प्रयासहरू भइरहेका छन् । कुसुन्डा भाषा नेपालको एक प्राचीन आदिवासी भाषा भएको शिक्षा क्षेत्रका अगुवा गिरिराज शर्मा बताउँछन् । 

उनका अनुसार कुनै पनि भाषा परिवारसँग सम्बन्ध नगाँसिएको यो एक महत्वपूर्ण भाषा हो । कुसुन्डा भाषाको दैनिक जीवनमा प्रयोग र विकासमा निकै ठूलो चुनौती देखिएको उनको भनाइ छ । 

शर्माका अनुसार केही वर्ष अघिसम्म कुसुन्डा भाषा बोल्न र बुझ्न नसक्ने कुसुन्डा समुदायमा अहिले आफ्नो मातृभाषामा कुराकानी गर्न थालेका छन् । यो भाषाको अध्ययन गरेर सजिलोसँग बोल्न र लेख्न सक्ने भएका छन् । 

कुसुन्डा समुदायको नयाँ पुस्ता भाषा सिक्न, पढ्न र संरक्षण गर्न सक्रिय हुन थालेपछि केही आशा पलाएको उनको भनाइ छ ।

भाषालाई प्रविधिसँग जोड्ने योजना

भाषा कक्षालाई अब परिवार र प्रविधिसँग जोडेर विस्तार गर्ने योजना बनाइएको कुसुन्डा भाषाका अनुसन्धानकर्ता एवं शिक्षक आले बताउँछन् । उनी भन्छन्, “कुसुन्डा भाषाका विभिन्न शब्दावली र जानकारी समेटिएका वृत्तचित्र बनाएर गाउँगाउँमा पठाउने र घरघरमा सुन्ने वातावरण बनाउने योजना छ ।” 

कुसुन्डा भाषाका अर्का वक्ता कमला सेन कुसुन्डा बोल्न त सक्छन् तर लेख्न सक्नु हुन्न । उनलाई लेखनमा आलेले सहजीकरण गरिरहेको छ। दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ ।

सुरुसुरुमा ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा भाषाको कक्षा चलाइएको थियो । यो जिम्मेवारीलाई अहिले कमलाले निरन्तर अगाडि बढाइरहेको छ । कुसुन्डा भाषा बोल्न जान्नेहरूको सङ्ख्या बढ्दै गएको र यसलाई निरन्तरता दिएर भाषा जीवित राख्ने उद्देश्य रहेको कमलाको भनाइ छ । 

भाषा, शब्द निर्माण र भाषिक संरचनासम्बन्धी लोपोन्मुख कुसुन्डा समुदायका लागि तालिम पनि सञ्चालन गरिएको थियो। अनुसन्धानकर्ता आलेको दोस्रो पुस्तक ‘सोजाक’ प्रकाशित छ ।

आलेले तयार गरेको पुस्तक ‘सोजाक’ कुसुन्डा समुदायमा अभिवादन व्यक्त गर्न प्रयोग गरिने शब्द हो । यस पुस्तकमा पाठ्यसामग्रीलाई वर्णमालासहित २१ वटा पाठमा विभाजन गरिएको छ । प्रत्येक पाठमा कुसुन्डा भाषा, व्याकरण र संवादलाई केन्द्रित गरिएको छ । 

लुप्त प्रायः स्थितिमा पुगेको कुसुन्डा भाषा र संस्कृतिको संरक्षण, विकास र दैनिक जीवनमा कुसुन्डा भाषाको प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले तयार पारिएको यस पुस्तकमा कुसुन्डा भाषाको शब्द सङ्कलन, वाक्य निर्माण, संवाद र नेपाली अर्थ समावेश गरिएको छ । यसले गर्दा कुसुन्डा भाषा पढ्न, बुझ्न र सिक्न सजिलो भएको पुस्तक लेखक आले बताउँछन् ।

एकल भाषाका रूपमा मानिएको कुसुन्डा भाषाको छुट्टै महत्व छ । कुसुन्डा भाषा कुनै एक समुदायको मात्र नभई देशकै महत्वपूर्ण सम्पदा पनि हो । पुस्तक पढिसकेपछि अभ्यास, कुसुन्डा शब्दलाई नेपाली, नेपाली शब्दलाई कुसुन्डा, कुसुन्डा वाक्यलाई नेपाली र नेपाली वाक्यलाई कुसुन्डा भाषाको वाक्य बनाउने क्रियाकलाप समावेश गरिएको छ । 

थोरै जनसङ्ख्यामा रहेका तर विभिन्न जिल्लामा छरिएर बसोबास गरेका र शिक्षामा पछि परेका यस समुदायलाई कुसुन्डा भाषामा साक्षर बनाउन पुस्तक निकै उपयोगी छ । पुस्तकले कुसुन्डा भाषा कक्षामा सहभागीलगायत कुसुन्डा भाषा अध्ययन गर्न चाहने पाठकलाई समेत सहयोग पुगेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार, दाङमा कुसुन्डा भाषा बोल्नेमा १४ पुरुष र १४ महिला गरी २८ जना रहेको उल्लेख छ । जनगणना अनुसार, देशभर १२३ पुरुष र १५० महिला गरी २७३ जना कुसुन्डा रहेको छ । 

कसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले २०७९ असारमा गरेको अध्ययनमा १५५ जना कुसुन्डा गरेको जानकारी दिएको छ । भाषा संरक्षणका लागि सङ्ख्या यकिनका लागि अध्ययन गर्दा यस्तो नतिजा आएको उनको भनाइ छ ।  दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको उनी बताउँछन् ।

कुसुन्डा समुदायको वृत्तचित्र निर्माणको तयारी

कुसुन्डा भाषा लोप हुन थालेको भाषा भएकाले यसलाई बोल्न पछिल्लो पुस्तालाई सिकाउने काम भयो तर सो भाषीका मानिसले प्रयोगमा ल्याएका रहनसहन, धर्म संस्कृति र अन्य संस्कारलाई जीवन्त राख्नका लागि  वृत्तचित्र चित्रण  गर्न थालिएको हो ।  

कुसुन्डा भाषाका वक्ता लीलबहादुर र कमलासँग मिलेर वृत्तचित्र निर्माणको काम सुरु गरेको कुसुन्डा भाषाका अनुसन्धानकर्ता आलेले जानकारी दिए। 

वृत्तचित्रमा आवाज अन्तर्क्रियात्मक छ । अर्थात् यो जो कोहीले हेर्छ त्यस व्यक्तिले कुसुन्डा भाषाका शब्दहरू सिक्न ठूलो स्वरमा उच्चारण गर्नुपर्छ । वृत्तचित्रमा ज्ञानीमैया र उनले आफ्नो मातृभाषालाई पुनरुत्थान गर्न गरेका प्रयासलाई सम्मान गरिएको अनुसन्धानकर्ता आलेले जानकारी दिए।  

नाउ हियर मिडियाले कुसुन्डा समुदाय र नेपालका साझेदारहरूसँग मिलेर भाषा पुनरुत्थान र दस्ताबेजीकरण गर्न अमेरिकास्थित निय तेरओ फाउन्डेशनको सहयोगमा काम भएको हो । यो संस्थाले १० वर्षदेखि ‘कुसुन्डा’ परियोजनामा काम गर्दै आइरहेको छ । 

वृत्तचित्र निर्माता गायत्री परमेश्वरन र फिलिक्स गएड्ट्केले नेपाल भ्रमण गर्ने क्रममा कुसुन्डा समुदाय र यसको मातृसत्तात्मकता व्यक्तित्व, ज्ञानीमैया कुसुन्डा–कुसुन्डा भाषाको अन्तिम बाँकी वक्ताहरूमध्ये एकसँग परिचय भएपछि वृत्तचित्र निर्माणको पहल सुरु भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १५:४८
##kusunda
प्रतिक्रिया दिनुहोस्
थप समाज
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ४ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ५ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्