Top Navigation
  • Contact
Main Navigation
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, असार ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • असमझदारीले परिवारै समाप्त
असमझदारीले परिवारै समाप्त
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन १७, २०७९

काठमाडौँका तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला पर्याे । 

उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गयो ।

अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेल (श्रीमान्–श्रीमतीको असझमदारी) ले परिवार नै समाप्त हुन पुगेको छ । 

घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ ।

सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । त्यसमा श्रीमतीमाथि आरोप लगाइएको छ ।

उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई अन्य सदस्यको हत्या गरी आफैँले आत्महत्या गरेको देखिए पनि खास यही नै कारण हो भनेर अनुसन्धानपछि मात्रै भन्न सकिने बताउच्छन् ।

अहिले प्रहरीको अनुसन्धान पनि त्यसैतर्फ सोझिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।

त्यसैले नेपाल प्रहरीले घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण गर्ने चिकित्सक (फरेन्सिक विज्ञ) डा गोपाल चौधरी र आयुष उपाध्यायको उपस्थितिमै लास जाँच र मुचुल्का उठाएको थियो । आज परीक्षण सम्पन्नपछि परिवारले शव बुझेका छन् ।

दिनेशका दाइ राजेन्द्र र सुनिताका माइतीपक्षबाट घटनाको यथार्थ अनुसन्धान गरी सत्यतथ्य छानबिन गरी पाऊँ भनेर प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सबैको शरीरमा चक्कु अर्थात् धारिलो हतियारले हानेको पाइएको बताउँछन् । पेट छाती, टाउकोलगायतका क्षेत्रमा गहिरो चोट छ ।

घटनाको अनुसन्धान बाँकी नै रहेकाले त्यसपछि मात्रै अन्य कारण खुल्ने उनले बताए। यद्यपि श्रीमती र छोराछोरीलाई धारिलो हतियारले हानेर हत्या गरेपछि उनले आत्महत्या गरेको अनुसन्धानमा खटिएका प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

दिनेशको घाँटीमा विद्युत्को तारको डोरी बाँनिएको अवस्थामा छ । उक्त तार झ्यालमा लगेर बानिएको छ । उसले झुण्डिने प्रयाससमेत गरेको देखिएको तर आफैँलाई पनि चक्कु हानेका छन् । पेटमा शरीरको भित्र अङ्ग निस्किने गरी नै उनले चक्कु हानेको पाइएको छ ।

अर्को एउटा कोठामा वीभत्स अवस्थामा श्रीमती र छोराछोरीको शव फेला परेको छ । खाटमा छोरा र छोरीको शव तथा भुइँमा पल्टिएको अवस्थामा सुनिताको शव फेला परेको थियो । 

दिनेशको शव भने अर्को कोठामा भेटिएको हो । सुनिताको टाउकोमा हतियारले हानेको गम्भीर चोट छ भने हातभरि चक्कुले खोपेको र काटेको छ । त्यो उनले प्रतिकार गर्ने क्रममा हातले छेक्दा गोपेको प्रहरीले बताएको छ । बच्चाको पनि टाउकोलगायतका अङ्गमा चोट छ ।

उनीहरुको पुरानो घर गोरखाको भीमसेनथापा गाउँपालिकामा हो । दिनेशको परिवार यहाँ एकतले घर बनाएर बसेका थिए । उनी १२ वर्ष कुवेतमा रोजगारी गरेर चार वर्षअघि मात्रै फर्किएका थिए ।

त्यसपछि श्रीमान श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ । उनीहरुको घरेलु घटना प्रहरीसम्मै पुगेको थियो । सम्बन्धविच्छेदसम्म पुग्न लागेका बेला अन्ततः रोकिएको थियो तर झगडा भने रोकिएन । छिमेकी पटकपटक झगडा भएर मिलाउने प्रयास गरिएको सुनाउँछन् ।

हाल सुनिता बेलायत जाने तयारीमा थिइन् । त्यसका लागि उनले फेन्सी पसल बिक्री गरेको तथा सहकारीको खातासमेत बन्द गराएको अनुसन्धानमा पाइएको छ । दिनेशका तीन दाजुभाइ छन् । जेठा राजेन्द्र, माइला रमेश र उनी दिनेश, उनका अर्की आमापट्टिका दुई भाइ हाल विदेशमा रहेको प्रहरीले जनाएको छ ।

यसरी सार्वजनिक भएको थियो घटना

छोरी पढ्ने सैनिक आवासीय महाविद्यालयको स्कुल बस सदाझैँ नियमितरुपमा सोमबार बिहान पनि आयो । सधैँ समयमै सडकमा आइपुग्ने आशिका सोमबार भने आइनन् ।

बसका कर्मचारीले सोधखोज गरे । दिनेशका दाइ राजेन्द्रका बच्चासमेत सोही स्कुलमा पढ्ने भएकाले उनीमार्फत आशिकाको सोधीखोजी सुरु भएको थियो ।

राजेन्द्रको परिवार तथा छिमेकीबाट गरेको फोन पनि उठेन । घर हेर्दा ढोका बन्द रहेको तर फोन नउठेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

घटना अन्दाजी ९ बजेतिरको हो त्यसपछि १० बजेको हाराहारीमा प्रहरी घटनास्थल पुगेको थियो । ढोका खोलेर हेर्दा दर्दनाक अवस्थामा चारै जनाको शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले पारिवारिक झगडाले नै उक्त घटना घटेको जनाइएको छ । स्थानीयका अनुसार पनि पहिलेदेखि नै झगडा हुने गरेको थियो । 

भनाभन पनि हुने गरेको र छिमेकीले कहिलेकाहीँ दुवै राखेर सम्झाउने गरेका पनि थिए तर उक्त झगडा बेलैमा समाधान हुन नसक्दा जीवन समाप्त हुन पुग्यो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २०:३८
##death
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
  • नंः २ सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
  • नंः ३ कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्