Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • असमझदारीले परिवारै समाप्त
असमझदारीले परिवारै समाप्त
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, साउन १७, २०७९

काठमाडौँका तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला पर्याे । 

उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गयो ।

अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेल (श्रीमान्–श्रीमतीको असझमदारी) ले परिवार नै समाप्त हुन पुगेको छ । 

घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ ।

सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । त्यसमा श्रीमतीमाथि आरोप लगाइएको छ ।

उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई अन्य सदस्यको हत्या गरी आफैँले आत्महत्या गरेको देखिए पनि खास यही नै कारण हो भनेर अनुसन्धानपछि मात्रै भन्न सकिने बताउच्छन् ।

अहिले प्रहरीको अनुसन्धान पनि त्यसैतर्फ सोझिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।

त्यसैले नेपाल प्रहरीले घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको शव परीक्षण गर्ने चिकित्सक (फरेन्सिक विज्ञ) डा गोपाल चौधरी र आयुष उपाध्यायको उपस्थितिमै लास जाँच र मुचुल्का उठाएको थियो । आज परीक्षण सम्पन्नपछि परिवारले शव बुझेका छन् ।

दिनेशका दाइ राजेन्द्र र सुनिताका माइतीपक्षबाट घटनाको यथार्थ अनुसन्धान गरी सत्यतथ्य छानबिन गरी पाऊँ भनेर प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सबैको शरीरमा चक्कु अर्थात् धारिलो हतियारले हानेको पाइएको बताउँछन् । पेट छाती, टाउकोलगायतका क्षेत्रमा गहिरो चोट छ ।

घटनाको अनुसन्धान बाँकी नै रहेकाले त्यसपछि मात्रै अन्य कारण खुल्ने उनले बताए। यद्यपि श्रीमती र छोराछोरीलाई धारिलो हतियारले हानेर हत्या गरेपछि उनले आत्महत्या गरेको अनुसन्धानमा खटिएका प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

दिनेशको घाँटीमा विद्युत्को तारको डोरी बाँनिएको अवस्थामा छ । उक्त तार झ्यालमा लगेर बानिएको छ । उसले झुण्डिने प्रयाससमेत गरेको देखिएको तर आफैँलाई पनि चक्कु हानेका छन् । पेटमा शरीरको भित्र अङ्ग निस्किने गरी नै उनले चक्कु हानेको पाइएको छ ।

अर्को एउटा कोठामा वीभत्स अवस्थामा श्रीमती र छोराछोरीको शव फेला परेको छ । खाटमा छोरा र छोरीको शव तथा भुइँमा पल्टिएको अवस्थामा सुनिताको शव फेला परेको थियो । 

दिनेशको शव भने अर्को कोठामा भेटिएको हो । सुनिताको टाउकोमा हतियारले हानेको गम्भीर चोट छ भने हातभरि चक्कुले खोपेको र काटेको छ । त्यो उनले प्रतिकार गर्ने क्रममा हातले छेक्दा गोपेको प्रहरीले बताएको छ । बच्चाको पनि टाउकोलगायतका अङ्गमा चोट छ ।

उनीहरुको पुरानो घर गोरखाको भीमसेनथापा गाउँपालिकामा हो । दिनेशको परिवार यहाँ एकतले घर बनाएर बसेका थिए । उनी १२ वर्ष कुवेतमा रोजगारी गरेर चार वर्षअघि मात्रै फर्किएका थिए ।

त्यसपछि श्रीमान श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ । उनीहरुको घरेलु घटना प्रहरीसम्मै पुगेको थियो । सम्बन्धविच्छेदसम्म पुग्न लागेका बेला अन्ततः रोकिएको थियो तर झगडा भने रोकिएन । छिमेकी पटकपटक झगडा भएर मिलाउने प्रयास गरिएको सुनाउँछन् ।

हाल सुनिता बेलायत जाने तयारीमा थिइन् । त्यसका लागि उनले फेन्सी पसल बिक्री गरेको तथा सहकारीको खातासमेत बन्द गराएको अनुसन्धानमा पाइएको छ । दिनेशका तीन दाजुभाइ छन् । जेठा राजेन्द्र, माइला रमेश र उनी दिनेश, उनका अर्की आमापट्टिका दुई भाइ हाल विदेशमा रहेको प्रहरीले जनाएको छ ।

यसरी सार्वजनिक भएको थियो घटना

छोरी पढ्ने सैनिक आवासीय महाविद्यालयको स्कुल बस सदाझैँ नियमितरुपमा सोमबार बिहान पनि आयो । सधैँ समयमै सडकमा आइपुग्ने आशिका सोमबार भने आइनन् ।

बसका कर्मचारीले सोधखोज गरे । दिनेशका दाइ राजेन्द्रका बच्चासमेत सोही स्कुलमा पढ्ने भएकाले उनीमार्फत आशिकाको सोधीखोजी सुरु भएको थियो ।

राजेन्द्रको परिवार तथा छिमेकीबाट गरेको फोन पनि उठेन । घर हेर्दा ढोका बन्द रहेको तर फोन नउठेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

घटना अन्दाजी ९ बजेतिरको हो त्यसपछि १० बजेको हाराहारीमा प्रहरी घटनास्थल पुगेको थियो । ढोका खोलेर हेर्दा दर्दनाक अवस्थामा चारै जनाको शव भेटिएको हो ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले पारिवारिक झगडाले नै उक्त घटना घटेको जनाइएको छ । स्थानीयका अनुसार पनि पहिलेदेखि नै झगडा हुने गरेको थियो । 

भनाभन पनि हुने गरेको र छिमेकीले कहिलेकाहीँ दुवै राखेर सम्झाउने गरेका पनि थिए तर उक्त झगडा बेलैमा समाधान हुन नसक्दा जीवन समाप्त हुन पुग्यो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २०:३८
##death
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्