Top Navigation
Main Navigation
मंगलबार, पुस २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • महानगरपालिकाको २५ वर्ष पुरानो शौचालय पुनः निर्माण
महानगरपालिकाको २५ वर्ष पुरानो शौचालय पुनः निर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन २२, २०७९

काठमाडौ । काठमाडौँ महानगरपालिका-२० स्थित परोपकारमा २५ वर्ष पुरानो तथा जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक रुपमा स्तरोन्नति गरिएको छ ।

कामपा-२० र ‘एरोसान सस्टेनेबल स्यानिटेसन’को संयुक्त साझेदारीमा  स्तरोन्नति गरिएको सो शौचालय अपाङ्ग, वातावरण तथा महिला मैत्री  छन् ।

पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन् । कामपा-२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले शनिरबार नवनिर्मित शौचालयको शुभारम्भ गरे ।

ktm-201659844297.jpg

कामपाका प्रमुख बालेन्द्र शाहले सो सार्वजनिक शौचालयको अवलोकन गर्दै शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिका बारेमा विशेष चासो राखे । उनले भने “सार्वजानिक शौचालय हुनु त यस्तो व्यवस्थित । महानगरपालिकाभित्र थप यस्ता शौचालय बनाउनुपर्छ। यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ। ”

शौचालयमा प्रयोग भएको आकासेपानी सङ्कलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिँदै शौचालयलाई सिकाइ केन्द्रका रुपमा विकास गर्न सकिने सुझाव दिए ।

सन् २०२० देखि काठमाडौँ र ललितपुर महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा स्वच्छ, महिला, अपाङ्ग तथा वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय बनाउन एरोसान सस्टेनेबल स्यानिटेसनले आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ।

एरोसानद्वारा निर्मित तथा सञ्चालित शौचालयले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रविधि प्रवद्र्धन पुरस्कार २०७८ जित्न सफल भएको थियो भने विश्वस्तरीय सरफाती सेनिटेसन प्रतियोगितामा उत्कृष्ट पाँचसम्म पुग्न सफल भएको थियो ।

सो अवसरमा वडाध्यक्ष मानन्धरले वडाको विकास र समृद्धिका लागि आवश्यक कार्य गर्दै आएको जानकारी दिँदै यसै क्रममा २५ वर्ष पुरानो जीर्ण र अव्यवस्थित सार्वजनिक शौचालयको पुनः निर्माण गरिएको बताए ।

“वडावासीको सहजताका साथै दैनिक यस क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुलाई सुविधासम्पन्न शौचालयको सुविधा दिनु महानगरको दायित्व हो भने आगामी दिनहरुमा पनि आवश्यकताअनुरुप शौचालय निर्माण व्यवस्थापन तथा पुनः निर्माणका कार्यलाई महानगरले प्राथमिकता दिनेछ”, उनले भने । 

एरोसान सस्टेनेबलले सन् २०२० देखि २०२२ सम्ममा काठमाडौँ महानगरपालिकामा चार र ललितपुर महानगरपालिकामा दुई अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ ।

यस बीचमा करिब ५ लाख ९१ हजार २ सय ६९ परुष र १ लाख ८० हजार ५ सय ३६ महिला प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको सुविधा प्रदान गर्न सफल भएको  एरोसानका कार्यकारी प्रमुख प्रकाश अमात्यले जानकारी दिए ।

शौचालयबाट उत्सर्जित दिसापिसाबजन्य फोहर व्यवस्थापनका लागि बायो ग्यास प्रविधिको जडान गरी हालसम्म ७० हजार ६ सय ९९ लिटर पिसाब र ९ हजार ५ सय ७९ किलो दिसा व्यवस्थापन गरी ७०५.२ लि. बायो ग्यास अर्थात् ४९.४ सिलिन्डर एलपिजी ग्यास उत्पादन गरिसकेको छ भने फोहर पानी प्रशोधन प्रणालीमार्फत ३ लाख ६० हजार लिटर फोहर पानी प्रशोधन र आकासेपानी सङ्कलन प्रविधिको प्रयोगबाट २७ लाख ४० हजार १ सय ६० लिटर आकासपानीको सङ्कलन गरेर शौचालयमा प्रयोग गरिएको छ ।

एरोसानका कार्यकारी प्रमुख अमात्यले भने “प्रशोधन गर्ने क्षमता भएको फोहर पानी प्रशोधन प्रविधि प्रयोग गरिएको छ । मानव मलमूत्रलाई शौचालयमै व्यवस्थापन गरी बायो ग्यास उत्पादन गर्न १० घनमिटरको बायो ग्यास प्लान्ट शौचालय परिसरमै निर्माण गरी वातावरण मैत्री बनाउन अहम् भूमिका खेलेको छ।”

कार्यक्रममा कामपाका प्रवक्ता नवीन मानन्धर, वडा-१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल साथै वातावरण विभाग प्रमुख सरिता राईको सहभागिता  थियो ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाज
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? मंगलबार, पुस २९, २०८२
मुस्ताङमा चिसोका कारण मुविकास निर्माणको काम ठप्प
मुस्ताङमा चिसोका कारण मुविकास निर्माणको काम ठप्प मंगलबार, पुस २९, २०८२
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः २ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
  • नंः ५ कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्