Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मनकारी युवाहरुको अतुलनीय मानवीय सेवा 
मनकारी युवाहरुको अतुलनीय मानवीय सेवा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख ३१, २०७८

काठमाडौ । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ। चन्द्रागिरि नगरपालिका-१२ का ६ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन्। 

उनीहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये ५ वटा कार  तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी, दीर्धरोगी तथा डायलोसिस लगायत अन्य बिरामीलाई अस्पताल लैजान र ल्याउनको लागि निःशुल्क व्यवस्था गर्दै सेवा शुरुआत गरेको हो।

कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पुर्याउँन सेवा शुरु गरेको बताइएको छ।गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टरका सञ्चालक समेत रहेका युवा व्यवसायी राजेश घिमिरे ९८५१०२२१८९, रामनारायण घिमिरे ९८५१०८८१९९, माधवप्रसाद अधिकारी ९८५१०८१४४१०, विदुरप्रसाद अधिकारी ९८५१०९५०२६ देवेन्द्र प्रधान ९८५१०४४८३३ र पूर्णप्रसाद श्रेष्ठले ९८५११७१२३७ ले आजदेखि यस्तो सेवा सञ्चालनमा ल्याएको हो। 

समाजसेवी राजेशले सेवा २४ सैँ घण्टा उपलब्ध हुने र सेवाग्राहीले ती फोनमा सम्पर्क गरी सेवा लिन सक्ने बताउँदै उनले भने “स्वास्थ्य मापदण्ड अनुसार ती सवारी साधन तयारी गरिएको छ र  सञ्चालन हुन्छन् । यसका लागि आवश्यक चालक तयारी अवस्थामा छन्। बिरामीलाई चाहेका समयमा सेवा दिन्छौँ ।” 

कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा ती व्यवसायीले नगरपालिकाद्वारा स्थापित विपद्कोषमा १ लाख सहयोग तथा विपन्न परिवारलाई खाद्यन्न तथा राहत वितरण गरेका थिए । 

नगरपालिकासँगको समन्वय र सहकार्यमा मास्क, स्यानिटाजर, हातधुने समाजिक अभियान समेत सञ्चालन गरेको रामनारायण बताउँदै उनले भने “विपद्का समयमा राज्यले के दियो भन्दा पनि मानवीय सेवा दिन सेवा शुरुआत गरेका हौँ । हामी जो जहाँ छौँ, सबै मिलेर कोरोनालाई परास्त गर्न एक जुट होऔँ । सहयोगका हात अगाडि बढाऔँ। ”
 
नगरपालिका स्वास्थ्य शाखासँग नगरक्षेत्रका मिर्गौलाका डायलायसिस गराउनुपर्ने, क्यान्सरका किमो दिनुपर्ने तथा मुटुका बिरामी, तथा गर्भवती र सुत्केरी कति रहेका छन् भन्ने आधिकारीक तथ्याङ्क छैन । 

पछिल्लो समय नगरपालिकाले आफ्ना एम्बुलेन्सलाई कोरानो सङ्क्रमितका सेवामा लगाएको छ ।  “गतवर्षका लकडाउनमा नगरक्षेत्रका मिर्गौला, क्यान्सर, मुटु रोगी तथा गर्भवती, सुत्केरीलाई समयमा अस्पताल पुर्याउँन धेरै समस्या भयो। कैयौ बिरामीले गाडी मिलाइदिनु पर्यो भनेर सम्पर्क गरे । यसपटकको निषेधाज्ञामा पनि यो पीडा कसैले पनि भोग्न नपरोस भनेर निः शुल्क यातायातको व्यवस्था मिलाएका हौँ।” भेहिकलका सञ्चालक माधव अधिकारीले भने। उनले कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण अवधिभर सेवा जारी रहने जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्